२६ भदौ २०८३, शुक्रबार । September 11, 2026

विष्णु पौडेलले धाँधली गरी जितेको भन्दै सर्वोच्चमा मुद्दा


२१ मंसिर २०७९, बुधबार  

9
Shares

काठमाडौं । नेकपा एमाले उम्मेदवार विष्णु पौडेलले निर्वाचनमा धाँधली गरी जितेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले सर्वोच्च अदालतमा मुद्दा हालेका छन् ।

पौडेलले आफूलाई मतगणनास्थलमा जान समेत नदिई निर्वाचन अधिकृतले एकतर्फी रुपमा आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराएको आरोप लगाएका छन् । रुपन्देही क्षेत्र नं. २ बाट एमाले उम्मेदवार विष्णु पौडेल २७ हजार १४८ मत सहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी रास्वपाका गणेश पौडेलले २५ हजार ७८२ मत ल्याएका थिए ।

उनले रिट निवेदनमा नवनिर्वाचित विष्णु पौडेल, निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देही, निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. २ र जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई समेत विपक्षी बनाएका छन् । मंगलबार दर्ता भएको निवेदनको पेशी तोकिएको छैन । निर्वाचनसम्बन्धी विवाद सर्वोच्च अदालतको संवैधानिक इजलासले निरुपण गर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १० : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated