७ बैशाख २०८३, सोमबार । April 21, 2026

समानुपातिक मत गनेर सकियो, कुन दलले कति सिट पाए घोषणा गर्दै आयोग


२१ मंसिर २०७९, बुधबार  

9
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ पनि मत गनेर सकिएको बताएको छ।

आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले समानुपातिकतर्फ मतगणना सकिएको जानकारी दिए । आयोगको वेबसाइटमा प्रविष्ट गरिएअनुसार १ करोड ५ लाख ६० हजार ८२ मत गनिएको हो । नेकपा एमालेले सबैभन्दा धेरै २८ लाख ४५ हजार ६ सय ४१ मत ल्याएको छ भने नेपाली कांग्रेसले २७ लाख १५ हजार २ सय २५ मत ल्याएको छ ।

नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४ र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३ सय ४४ मत प्राप्त गरेको छ। उनका अनुसार आज आयोगले समानुपातिकतर्फ कुन दलले कति सिट प्राप्त गरेको हो भन्नेबारे घोषणा गर्नेछ। साथै दलहरूलाई आयोगले पत्रसमेत दिनेछ।

दलहरूले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची यसअघि नै पेश गरिसकेका छन्। उक्त बन्दसूचीअनुसार अब समानुपातिकतर्फका उम्मेदवारलाई निर्वाचित गर्ने प्रक्रिया सुरू हुन्छ। दलहरूले समावेशी प्रतिनिधित्वको सिद्धान्तअनुसार समानुपातिक सांसद पठाउनुपर्ने हुन्छ।

संघीय संसदमा दलको ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित हुनुपर्दछ। समानुपातिक मतअनुसार सबैभन्दा धेरै नेकपा एमालेले सांसद पाउने देखिन्छ। एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपाले ५, जनमतले ५ सिट पाउने भएका छन्। नेकपा एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, नेमकिपा राष्ट्रिय पार्टी बनेनन्।

प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५७, एमालेले ४४, माओवादीले १८, एकीकृत समाजवादी १०, राष्ट्रिय स्वतन्त्र पार्टी ७, जसपा ७, राप्रपा ७, लोसपा ४, स्वतन्त्र ५, जनमत पार्टी १, राष्ट्रिय जनमोर्चा १, नेमकिपा १ र नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेका छन्।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १० : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित