११ चैत्र २०८२, बुधबार । March 25, 2026

यु–१९ क्रिकेट

उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

फाइनल खेल सोमबार हुने


१७ मंसिर २०७९, शनिबार  

6
Shares

काठमाडौं । मधेस प्रदेशलाई ५८ रनले पराजित गर्दै साविक विजेता लुम्बिनी प्रदेश राजधानीमा जारी यु–१९ पुरष राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा लुम्बिनीले मधेसलाई हराउँदै फाइनलमा स्थान बनाउँदा सुदूरपश्चिसँग भेट पक्का गरेको हो । शनिबार लुम्बिनीले दिएको २ सय २३ को लक्ष्य पछ्याएको मधेसले ४५.४ ओभरमा १ सय ६४ रन बनाउन सक्यो । मधेसका लागि मयन यादवले ४५ बलमा ३८ रन बनाए ।

सरफराज मन्सुरले ३१ रन बनाए । अलि अन्सारीले २२ तथा डब्लु मल्लिकले १८ रन बनाए । लुम्बिनीका लागि अभिषेक गौतम र विशालविक्रम केसीले समान ३/३ विकेट लिए । तुलबहादुर थापा, दुर्गेश गुप्ता र निर्मल गुरुङको नाममा समान १/१ विकेट रह्यो । त्यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २२ रन बनाउन सक्यो ।

लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८५ रनको अर्धशतकीय इनिङ पूरा गरे । यस्तै आकाश त्रिपाठीले २३ रन, विशाल भुषाल र निर्मल गुरुङले समान १३/१३ रन बनाए भने देव खनाल ११ रनमा आउट भए । यस्तै नर सार्की २६ रनमा अविजित रहे । बलिङतर्फ मधेसका लागि निकेश गुप्ता ३ विकेट, अभिषेक तिवारी र नितेश यादवले समान २/२ विकेट लिए । जितसँगै लुम्बिनी लगातार दोस्रो पटक फाइनल पुगेको छ ।

अब सोमबार हुने फाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशको सामना गर्नेछ । यस्तै लिगको अन्तिम खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गर्दै सुखद् अन्त्य गरेको छ । कर्णालीले दिएको १५२ रनको लक्ष्य कर्णालीले ३ विकेटको क्षतिमा भेटाउन सफल भएको हो ।

प्रदेश १ का सोनु अनसारीले सर्वाधिक ४५ रन जोड्दा भुपाल दंगला र कप्तान दिपेश कँडेलले ४२ तथा २९ रनको अविजित पारी खेले । प्रदेश १ को ३ विकेट निकाल्दा कर्णालीका युनिस सिंह र मोहन बिकले समान १–१ निकाल्दा एक खेलाडी रन आउट भए । यसअघि पहिला ब्याटिङ गरेको कर्णालीले ४३.२ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ५२ रन बनाउन सक्यो ।

सुवास ऐरले सर्वाधिक ४७ रन जोड्दा मेहन बिक २९ रनमा अविजित रहे । ओपनर मनिष थापा २६ रन जोड्दा युनिस सिंहले १३ तथा कप्तान विपिन रावलले ११ रनको व्यक्तिगत स्कोर बनाउनु बाहेक अन्यले राम्रो अंक जोड्न सकेनन् । कर्णालीलाई सस्तैमा समेट्न प्रदेश १ का दिपेश कँडेल र अनिस ओझाले ३/३ विकेट लिए ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ६ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali