२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

अपाङ्गता भएका व्यक्तिको विषयमा सरकार संवेदनशील बन्नुपर्छ : मन्त्री रेग्मी



काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले अपाङ्गता भएका व्यक्तिको सवालमा तीनवटै सरकार संवेदनशील बन्नुपर्ने बताएकी छन् ।

अपाङ्गता भएका व्यक्तिको ३१ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय अपाङ्ग कोषले आज यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अपाङ्गता भएका व्यक्तिको सवालमा तीन तहकै सरकार संवेदनशील बनेर काम गर्न जरुरी रहेको बताएकी हुन् । “दुर्गम क्षेत्रमा शारीरिक अशक्त भएर बसेका व्यक्तिको सेवा प्रवाहमा स्थानीय सरकार बढी जिम्मेवार र संवेदनशील बन्न आवश्यक छ”, उनले भनिन् । सङ्घीय सरकार र प्रदेश सरकारले पनि अपाङ्गता भएका व्यक्तिहरूको सवालमा बजेट छुट्याएर काम गर्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री रेग्मीले स्थानीय तहले अपाङ्गता भएका व्यक्तिहरूको सेवा, सुविधामा ध्यान नदिएको गुनासो आएको भन्दै मन्त्रालय गम्भीर बनेको बताइन् । कार्यक्रममा राष्ट्रियसभाका सदस्य एवं दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले अपाङ्ग कोषले अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग सामग्री निर्माणमा अझै जोडबल गर्नुपर्ने बताए । “अपाङ्ग भएका व्यक्तिहरूका लागि स्थानीय सरकारले सहायक सामग्री घर–घरमा नै लगिदिनुपर्छ”, उनले भने ।

स्थानीय तहले अपाङ्ग भएका व्यक्तिलाई सहयोगमा चासो नदिएको उनको भनाइ थियो । उनले अपाङ्गता भएका व्यक्तिहरूलाई सरकारबाट पनि सोचेअनुसारको सहयोग प्राप्त नभइरहेको गुनासो गरे । सभापति पन्थले पछिल्लो समय अपाङ्गता कार्डको दुरुपयोग भइरहेको भन्दै त्यस्तालाई कारबाही गर्न सकारसँग आगह गरे ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले राष्ट्रिय अपाङ्ग कोषको कार्य र क्रियाकलाप साथै अपाङ्गता भएकाहरूका लागि चाहिने सामग्रीमा भएको कमीलाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको बताए । कोषलाई आवश्यक सहयोगका लागि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा राष्ट्रिय अपाङ्ग कोषका सभापति डेकराज भट्टराईले अपाङ्गता भएका व्यक्तिहरूका लागि सरकारले सहयोग गर्नुपर्ने बताए ।

तीनवटै तहका सरकारले मिलेर सहयोग गर्ने हो भने अपाङ्गता भएका व्यक्तिहरूले पाइरहेको समस्या र सास्ती कम हुने उनको भनाइ थियो । सोही अवसरमा कोषले अपाङ्गता भएर पनि समाजका विविध क्षेत्रमा योगदान दिने व्यक्तिलाई सम्मान गरेको थियो । सो अवसरमा कोषका अध्यक्ष भट्टराईले फिजियोथेरापी, अकुपेसनलथेरापी, परामर्श सेवा, गेट ट्रेनिङ तथा सहायक सामग्री, कृत्रिम हातखुट्टा, क्यालिपर, अर्थोपेडिक जुत्ता, ह्वीलचियर, वैशाखी, वाकर, सेतो छडीलगायतका सामग्री वितरण गरेका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ६ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको