३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

बडघरले गरेका निर्णयको कार्यान्वयन गर्न बडघर समुदायको माग



बर्दिया । स्थानिय सरकारले गाँउमा कामकाजका बडघर (मुखिया) प्रणालीलाई मान्यता दिएपनि अन्य सरकारी निकायले उपेक्षा गर्दा गाँउका साना मुद्दाहरुको समाधान हुन नसकेको बडघर समुदायले गुनासो गरेका छन् ।

गाउँका साना समस्याहरु पनि ठूला बन्ने र समयमा समस्याको समाधान हुन नसक्दा यतिबेला वर्षौंदेखि चल्दै आएको बडघर समुदायहरु चिन्तित भएका हुन् । उनीहरुले स्थानीय सरकारले गाँउमा कामकाजका बडघर (मुखिया) प्रणालीलाई मान्यता दिएपनि अन्य सरकारी नकायहरुले त्यसको पालना नगर्दा बडघर ऐन बनाएको अर्थ नभएको अनुभुति भएको बडघर समूदायका अगुवा बताउँछन् । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाले बडघर ऐन बनाएर कार्यन्वयनमा ल्याएर काम काज शुरू गरेको छ । स्थानिय सरकारले बडघर प्रथालाई मन्यता दिएपनि केन्द्र सरकारले मन्यता दिएको छैन ।

जसरकार सरकारी निकायहरुले नै स्थानीय तहले बनाएको नियमको पालना नगर्दा कतिपय साना समस्यासमेत ठूला बन्ने गरेको बारबर्दिया नगरपालिका, बर्दियाका बरघर सञ्जालका सचिव लक्ष्मीप्रसाद थारू बताउनु हुन्छ । उनले प्रतिनिधि र प्रदेश सभाका प्रतिनिधिहरूले बडघर ऐनलाई केन्द्रदेखि संविधानमा लागू गराउनसके कामकाजमा सहज हुने बताए । बरघर प्रथालाई गाँउका मानिसहरूले सबैभन्दा सजिलो उपायको रूपमा लिने गरेपनि केन्द्रदेखि कार्यन्वयन नभएको कारणले बडघरहरूले कतिपय निर्णय लिन अलमलमा परेकोसमेत सचिव थारूले बताए ।

बडघर सञ्जल बिस्तार गर्नका लागि कैलालीदेखि दाङसम्म संगठन बनाएर केन्द्रबाट नै नियम लागू गराउन प्रतिनिधि र प्रदेश सभामा विजयी उम्मेदवारहरुलाई दबाब दिने बताए । त्यस्तै बढैया ताल गाँउपालिका, बर्दियाका बडघर सञ्जालका संयोजक परशुराम थारुले बडघर प्रथालाई संरक्षण र संवद्र्धन गर्न केन्द्रबाट निर्णयको कार्यान्वयन गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने बताए । उनले सरकारले संविधानमै लागू गरे बडघरहरूलाई कुनैपनि निर्णय गर्दा सहज हुने संयोजक थारूले बताए ।

बडघर प्रथा गाँउघरमा नितान्त अवश्यक रहेकोसमेत संयोजक थारूको भनाइ थियो । त्यसैगरी बडघर सञ्जाल, बाँसगढी नगरपालिका बर्दियाका संयोजक हरिप्रसाद थारुले गाउँ, समुदायका कामहरूलाई छिटो र सहज तरिकाले सम्पादन गर्नका लािग बडघर प्रथालाई केन्द्रबाट नै कार्यन्वयनमा ल्याउन जरूरी रहेको बताए । उनले स्थानीय सरकारले बडघरको मान्यता दिएपनि अन्य सरकारी निकायहरुले भने बडघरले गरेका निर्णयको उपेक्षा गरेको बताए ।

थारू सामुदायमा बडघर प्रथा पुस्तौँदेखि चल्दै आएको छ । थारू समुदायका मानिसहरूले गाँउमा कुनै किसिमको विवाद वा झगडा भए पहिला बडघरको राय लिने र आवश्यक परेपछि मात्र प्रशासनको सहयता लिने गर्दछन् । तर कतिपय मुद्दालाई बडघरले गरेको निर्णयलाई प्रशासनले मन्यता नदिँदा बडघर समुदाय चिन्तित छ । जसकारण स-सानो कुरामासमेत साधारण मानिसहरूले दुःख पाउने गरेको उनीहरुको गुनासो छ ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ३ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तराईका जिल्लाहरुमा आज फागु अर्थात होली पर्व मनाइँदै

काठमाडौं । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ

अमेरिकी डलरको भाउ घट्यो, युरो र पाउण्डको मूल्य पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

पूर्ण रुपमा सुधार भयो मौसम, देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी