२६ भदौ २०८३, शुक्रबार । September 11, 2026

निर्वाचनको परिणाम आएसँगै दलका कार्यालय रङ्गरोगन गरिँदै


१७ मंसिर २०७९, शनिबार  

6
Shares

काठमाडौं । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएसँगै राजनीतिक दलका लागि कार्यालय व्यवस्थापन, रङ्गरोगन र सरसफाइ सुरु गरेको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजाका आधारमा कार्यालय व्यवस्थापन गर्नुपर्ने दलको सङ्ख्या आकलन गरी संसद् सचिवालयले तयारी सुरु गरेको हो । कम्तीमा दुई सांसद रहेको दलले संसदीय दल खोल्न कानुनी प्रावधान रहेकाले उनीहरुको दल गठन भएपछि सञ्चालनका लागि कार्यालय र स्थान उपलब्ध गराउने गृहकार्य सचिवालयले सुरु गरेको प्रवक्ता डा रोजनाथ पाण्डेले बताए । सचिवालयले विगतमा राजनीतिक दलले प्रयोग गरेको संसदीय दल कार्यालयको सरसफाइ, रङ्गरोगन, फूल बिरुवा रोपणजस्ता काम अहिले गरिरहेको छ ।

सचिवालयले त्यसका लागि नयाँ बानेश्वरस्थित संसद् भवन र सिंहदरबारमा दल विशेषको सङ्ख्याका आधारमा कोठा उपलब्ध गराउनेछ । दल र सांसदको सुविधासम्बन्धी ऐनमा १० सांसद भएमा त्यस्ता दलका पदाधिकारी अर्थात् संसदीय दलका नेता र सचेतकलाई कार्यालय तथा फर्निचर सुविधा उपलब्ध गराउनुपर्ने भएकाले सचिवालय त्यो कामको तयारीमा अघि बढेको प्रवक्ता डा पाण्डेले जानकारी दिए । नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथ सकिएलगत्तै संसद्को प्रतीक चिह्न (लोगो) संविधान, ऐन, संसदीय नियमावली र समितिका कार्यविधि, डायरी, कलम, परिचय पुस्तिकालगायत आवश्यक काजगात उपलब्ध गराउने प्रचलन छ ।

नयाँ प्रवेशीलाई संसदीय अभ्यासबारे आधारभूत जानकारी दिलाउन सचिवालयले संसदीय विधि र प्रक्रियाबारे केन्द्रित रही अभिमुखीकरण प्रदान गर्ने गर्छ । संसदीय प्रक्रिया र कार्यान्वयनमा लैजाने विषयवस्तुबारे केन्द्रित रही सचिवालयको भूमिका, संसदीय समितिको भूमिका र सभा सञ्चालनका विषयमा ज्ञान दिइनेछ । ज्येष्ठ सदस्यको अध्यक्षतामा सङ्घीय संसद्को अबको पहिलो बैठकले सभामुखको निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढाउन अनुमति दिनेछ ।

त्यसपछिका बैठकमा मात्र अरू बिजनेस अघि बढ्नेछ । सङ्घीय संसद्को सिंहदरबारस्थित नयाँ भवन निर्माण कार्य पूरा नभएकाले यो अधिवेशन बानेश्वरमा हुँदै आएको पुरानै भवनमा हुनेछ । त्यसअघि हुने नवप्रवेशी सांसदको शपथ ग्रहण पनि सोही भवनको ल्होत्से कक्षमा हुनेछ ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  १ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated