७ चैत्र २०८२, शनिबार । March 22, 2026

यु १९ क्रिकेटः सुदूरपश्चिम फाइनलमा, मधेस प्रदेशको पहिलो जित


१६ मंसिर २०७९, शुक्रबार  

6
Shares

काठमाडौं । वागमती प्रदेशमाथि ७ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेश राजधानीमा जारी वाई वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित रहँदै फाइनलमा प्रवेश गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा शुक्रवार सम्पन्न खेलमा वागमती प्रदेशले दिएको १ सय २५ रनको लक्ष्य सुदूरपश्चिम प्रदेशले १९.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । समान्य लक्ष्य पछ्याएको सुदूरपश्चिमका लागि कप्तान अनुराग सिंहले अविजित ३९ रनको पारी खेल्दा गजेन्द्र बोहोरा १९ रनमा अविजित रहे । यसअघि ओपनर दीपक बोहोराले १७ रनको व्यक्तिगत स्कोर बनाउँदा अर्का दीपक बोहोराले १० रनको पारी खेले ।

बलिङतर्फ वागमतीका रोशन विकले २ विकेट हात पारे भने प्रतिक श्रेष्ठको नाममा एक विकेट रह्यो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वागमतीले २८.४ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय २४ रनको योगफल बनाएको थियो । आकाश चन्दले ह्याट्रिक गरेका खेलमा प्रतिक श्रेष्ठले सर्वाधिक ४४ रनको पारी खेल्दा ओपनर सक्षम बस्ताकोटीले ३३ रनको योगदान गरेका थिए । रोशन बिक २६ रनमा नटआउट रहे भने अन्य सात ब्याट्सम्यान शुन्य रनमा पवेलियन फर्किएका थिए ।

वागमतीको इनिङलाई रोक्न आशास चन्दले ह्याट्रिकसहित ४ विकेट निकाल्दा हेमन्त धामीले ३, नरेन साउदले २ तथा युवराज खत्रीले १ विकेट आफ्नो नाममा लेखाए । लिग चरणका सबै खेलमा स्पष्ट जित निकालेर फाइनलमा स्थान बनाएको सुदूरपश्चिम प्रदेश १२ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । उता पराजित वागमतीले ६ खेलमा ८ अंक जोडेको छ । वागमती तालिकाको तेस्रो स्थानमा छ ।

एक खेल कम खेलेको लुम्बिनी प्रदेशको समान अंक भएपनि नेट रन रेटको आधारमा देस्रो स्थानमा छ । अब लुम्बिनीले शनिवार हुने खेलमा मधेस प्रदेशलाई पराजित गरे फाइनल प्रवेश गर्नेछ भने झिनो अन्तरले पराजित हुँदा पनि अघिल्लो चरण प्रवेश गर्नेछ । यस्तै कीर्तिपुर मैदानमा सम्पन्न अर्को खेलमा गण्डकी प्रदेशलाई ५ विकेटले हराउँदै मधेस प्रदेशले जारी प्रतियोगितामा पहिलो जित निकालेको छ । मधेसले आफ्नो पाचौं खेलमा सुखद् नतिजा निकालेको हो ।

गण्डकीले दिएको २ सय १४ रनको लक्ष्य मधेसले निर्धारित ५० ओभर सकिन ९ बल बाँकी रहँदा ५ विकेटको क्षतिमा भेट्टायोे । पहिलो जित निकाल्ने क्रममा मधेस प्रदेशका ओपनर मयन यादवले ४९ रनको व्यक्तिगत स्कोर बनाउँदा मेघराज रामले ४३, इमरान शेखले २७, अलि अनसारीले ३२, सर्फराज मनसुरीले २१ रन जोडे । दाब्लु मलिक २१ तथा कप्तान अभिषेक तिवारी १३ रनमा अविजित रहे । मधेसको पाँच विकेट निकाकल्दा पाँच बलरले एक एक विकेट आफ्नो नाममा लेखाए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले ४८.५ ओभरमा सबै विकेट गुमाएर २ सय १३ रन जोडेको थियो । ओपनर गोविन्द बिकले अर्धशतकीय पारी खेले । ८४ बलको सामना गरेका गोविन्दले ४ चौकाको सहयोगमा ५३ रन बनाउँदा अर्का ओपनर अर्जुन कुमाल ११ रनमा पवेलियन फर्किएका थिए । यस्तै सुजन गौतमले ३० रन जोड्दा, सुदीप अर्यालले २७, करण पंगेनीले २५, सिब्रिन श्रेष्ठले १६ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

गण्डकीको सबै विकेट लिने क्रममा मधेसका अविजित मण्डल, नितिश यादव र अभिषेक तिवारीले समान २÷२ विकेट हात पार्दा सिमन रोयले सर्वाधिक ३ तथा निकेश गुप्ताले १ विकेट निकाले । यससँगै गण्डकीले ६ खेलबाट पाँचौ हार भोगेको छ । दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

प्रतियोगितामा शनिवार कीर्तिपुर मैदानमा लुम्बिनी प्रदेश र मधेस प्रदेश तथा मुलपानी मैदानमा कर्णाली प्रदेश र प्रदेश १ बीच प्रतिष्पर्धा हुनेछ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ५ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो