२२ माघ २०८२, बुधबार । February 4, 2026

बेलायती राजदूत लुम्बिनी भ्रमणमा



लुम्बिनी । नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत निकोला पोल्लिटले बिहिबार लुम्बिनी भ्रमण गरेकी छीन् ।

लुम्बिनी भ्रमणमा आएकी राजदूत निकोलालाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश त्रिपाठी), कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्यसहितको टोलीले स्वागत गरेका हुन् । उक्त अवसरमा राजदूत निकोलाले मायादेवी मन्दिर र शान्तिदीपको अवलोकन गरीन् । भ्रमणका क्रममा बेलायती राजदूतावास र लुम्बिनी विकास कोषबीच सहकार्य गरेर अगाडि बढ्ने बारेमा कुराकानी भएको उपाध्यक्ष भिक्षु मैत्तयले जानकारी दिए ।

विश्वका बौद्ध भिक्षुणीहरूलाई लुम्बिनीमा भेला गराएर निकट भविष्यमा कविता दिवस मनाउने सोचअनुसार बेलायती राजदूतको लुम्बिनी भ्रमण भएको उपाध्यक्ष मैत्तयले बताए । उक्त अवसरमा लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, परिषद् सदस्य गोपीकृष्ण शर्मा, सूचना अधिकृत राजन बस्नेतको सहभागिता थियो । उक्त अवसरमा कोषका तर्फबाट राजदूत निकोलालाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ८ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल