२४ भदौ २०८३, बुधबार । September 9, 2026

नवौं विश्व माटो दिवसमा प्रभातफेरि हुने


१५ मंसिर २०७९, बिहिबार  

6
Shares

काठमाडौं । कृषि विभागले नवौं विश्व माटो दिवसको अवसरमा मंसिर १९ गते माटो सम्बन्धि जनचेतना जगाउन प्रभातफेरि गर्ने भएको छ ।

बिहीबार कृषि विभागले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नवौं विश्व माटो दिवसमा मंसिर १९ गते माटो सम्बन्धि जनचेतना जगाउन प्रभातफेरि तथा विभिन्न कार्यक्रम गर्ने जनाएको हो । पत्रकार सम्मेलनमा कृषि विभागका महानिर्देशक डा.रेवतीरमण पौडेलले विश्व माटो दिवसको अवसरमा विभिन्न चित्रकला तथा माटोको संरक्षण सम्बन्धी गोष्ठीहरुको आयोजना गर्ने बताए । उनले मंसिर १९ गते हरिहरभवन–जावलाखेलसम्म प्रभातफेरि गर्ने बताए ।

उनले राष्ट्रिय किसान आयोगद्वारा प्रदेशहरुमा माटो परीक्षण शिविर आयोजना गर्ने योजना रहेको पनि बताए । नेपालको खेतीयोग्य जमिनको ५५ प्रतिशत माटो अम्लिय प्रकृतिको, ५ प्रतिशत क्षारिय र ४५ प्रतिशत तटस्थ प्रकृतिको पाईको विभागले जनाएको छ । धेरैजसो बाली उत्पादनको लागि तटस्थ माटो उपयुक्त हुन्छ ।

नेपालमा खेती गरिने जमिनको ५६ प्रतिशत नाईट्रोजनको मात्रा न्युन, ३० प्रतिशतमा मध्यम र १४ प्रतिशतमा अधिक रहेको पाइएको विभागले बताएको छ । पछिल्लो समय गोबर वा कम्पोष्ट मल, हरियो मलको प्रयोग न्युन रहेकाले माटो बिग्रँदै गएको विभागको भनाइ छ । यो वर्षको विश्व माटो दिवसको नारा स्वस्थ मोटोको साथ,खाद्य उत्पादनको शुरुवात रहेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ७ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated