७ बैशाख २०८३, सोमबार । April 20, 2026

थापाथलीको सुकुम्वासी बस्ती तनावग्रस्त, हतियारसहितका प्रदर्शनकारीलाई नियन्त्रणमा लिने


१२ मंसिर २०७९, सोमबार  

6
Shares

काठमाडौं । महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेले काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्तीमा हातहतियारसहित प्रदर्शनमा उत्रिएकाहरुलाई नियन्त्रणमा नलिई आफूहरु नफर्किने चेतावनी दिएका छन् ।

बस्तीमा अनाधिकृत रुपमा बनाइएको टहरा हटाउन पुगेका काठमाडौं महानगरपालिकाको डोजरलाई स्थानीयले अवरोध गर्ने क्रममा अवैध रुपमा हातहतियारसमेत प्रहार भएको उल्लेख गर्दै उनले त्यस्ता अपराधिक गतिविधिमा संलग्नहरुलाई कारबाही नगरी आफूहरु सो क्षेत्रबाट नफर्किने बताएका हुन् । सोमबार अपरान्हदेखि बस्तीमा स्थानीयले डोजर चलाउने कार्यमा अवरोध गर्दै ढुंगामुडा समेत प्रहार गरेपछि महानगर प्रहरी बलका प्रमुख पाण्डेसहित करिव १० जना सुरक्षाकर्मी घाइते भएका छन् । अपराधिक गतिविधिमा संलग्न भएकाहरुले स्थितिलाई तनावपूर्ण बनाएको भन्दै महानगर प्रहरी बलका प्रमुख पाण्डेले उनीहरुलाई नियन्त्रणमा लिने र कानून बमोजिम कारबाही हुने स्पष्ट पारे ।

यता, स्थानीयले भने आफूहरुलाई कुनै विकल्प नदिई बस्ती हटाउन खोजेको भन्दै काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह र गृहमन्त्री बालकृष्ण खाँणबिरुद्ध चर्का नाराबाजी लगाउँदै प्रदर्शन गरेका थिए । भीडलाई नियन्त्रणमा लिन काठमाडौं महानगरपालिकाले सुरक्षाकर्मीको परिचालनलाई व्यापक बनाएको थियो । अधिकार सम्पन्न एकीकृत वागमती सभ्यता विकास समितिले गत मंसीर ४ गते भित्र अनाधिकृतरुपमा बनाइएको बस्तीको टहरा खाली गर्न निर्देशन दिएको थियो । तर निर्देशनको पालना नभएपछि बस्ती हटाउन डोजर परिचालन गर्नुपरेको बताइएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ६ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित