५ असार २०८३, शुक्रबार । June 20, 2026

लुम्बिनी प्रदेशमा चुनावी समिकरण


१२ मंसिर २०७९, सोमबार  

9
Shares

लुम्बिनी । केन्द्रमा बहुमत पुर्‍याउन सकस भइरहेको सत्ता गठबन्धन प्रदेश सभामा भने सबैतिर बहुमत उन्मुख देखिएको छ ।

लुम्बिनी प्रदेशमा पनि लोकतान्त्रीक गठबन्धनको सहज सरकार बन्ने निश्चित भएको हो । लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फ ५२ सिटमध्ये हालसम्म एमालेले १३ सिट जित्दा सत्ता गठबन्धनले २० सिट जितेको छ । समानुपातिकतर्फ गठबन्धनको मत ५ लाख ६८ हजार ३ सय ९४ मत रहेको छ भने एमालेको मत ३ लाख ५४ हजार ३ सय ५६ मत रहेको छ ।

लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनले बनाएको चुनावी रणनीति केही असफल भएपनि प्रदेश सरकार भने गठबन्धनकै बन्ने भएको भएको हो । काँग्रेस र माओवादीले एकलरुपमा लड्दा पनि जित्ने सम्भावना भएका क्षेत्रहरुमा यति ठूलो गठबन्धन हुँदा पनि प्रभावशाली नेताहरुले जित निकाल्न सकेनन् । प्रतिनिधि सभामा २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा नेपाली काँग्रेसले भागबण्डामा १४ क्षेत्र पाएकोमा ६ क्षेत्र मात्रै जितेको छ ।

नेपाली काँग्रेसले बलियो आधार मानेका र यसअघि पटकपटक चुनाव जितेका नवलपरासी २ का देवेन्द्रराज कँडेल, रुपन्देही ५ का भरत शाह, अर्घाखाँचीमा पुष्पा भुसाल, कपिलवस्तु ३ मा अभिषेकप्रताप शाह र रुपन्देही ३ मा बालकृष्ण खाँणले फराकिलो मतान्तरले पराजय भोग्नुपर्‍यो । गठबन्धनमा ७ क्षेत्र पाएको नेकपा (माओवादी केन्द्र) ले ३ क्षेत्र मात्रै जितेको छ । यसअघि ७ क्षेत्रमा जितेको उसलाई ती क्षेत्र जोगाउन गठबन्धनको बलले समेत साथ दिएन ।

कपिलवस्तु १ मा माओवादी सचिव चक्रपाणी खनाल, बाँके १ मा संघीय मन्त्री महेश्वरजंग गहतराज, बर्दिया २ मा सुरेस पन्त यसअघि सो पाटीले जितेका क्षेत्रमा पराजित भएका छन् भने माओवादी कोटामै टिकट पाएका नेता घनश्याम भुसाल रुपन्देही १ मा फराकिलो मतान्तरले पराजित भए । माओवादीका लागि एमाले महासचिव शंकर पोखरेल हराउनु नै लुम्बिनीको ठूलो उपलब्धी बनेको छ । नेकपा (एकीकृत समाजवादी) ले भागबण्डमा पाएको ४ सिटमध्ये १ मा उम्मेदारी खारेज भएर गुमेको छ भने ३ मध्ये १ सिटमा मात्रै विजयी भएको छ ।

पाल्पामा सोमप्रसाद पाण्डे, गुल्मीमा रामकुमारी झाँक्री बलियो गठबन्धन भएर पनि जित्न सकेनन् । तर दाङमा मेटमणि चौधरी गठबन्धनको बलमा विजयी भए । गठबन्धनमा भएको जनमोर्चाले संघ र प्रदेशमा पाएको एकएक सिट गुमाएर रित्तै भएको छ । प्युठानमा दुर्गा पौडेललाई संघ तथा अर्घाखाँचीमा सागर केसीलाई प्रदेशमा भागबण्डामा उम्मेदवार बनाएपनि जित्न सकेनन् ।

अहिलेसम्म सार्वजनिक भएका मतपरिणाममा सबै प्रदेशमा प्रत्यक्षतर्फ एमालेभन्दा सत्ता गठबन्धनले धेरै सिट जितेको छ भने समानुपातिकमा पनि सत्ता गठबन्धनका दलहरूले पाएको मत एमालेको भन्दा बढी छ । प्रदेशको समानुपातिकमा सांसद पाउन कुल सदर मतको १.५ प्रतिशत थ्रेस होल्ड कटाउनु पर्छ । सबै प्रदेशमा अहिलेसम्म सत्ता गठबन्धनका तीन वटा दलले त्यो थ्रेस होल्ड पार गरिसकेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ९ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा