५ असार २०८३, शुक्रबार । June 19, 2026

अनौपचारिक क्षेत्र र वैदेशिक रोजगारीमा रहेका श्रमिक सामाजिक सुरक्षाको दायरामा

बुटवल र नेपालगञ्जमा सम्पर्क कार्यालय


११ मंसिर २०७९, आइतबार  

6
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अनौपचारिक क्षेत्र, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका छन् ।

पाँचौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले आइतबार आयोजना गरेको कार्यक्रममा उनले सामाजिक सुरक्षा योजनालाई योगदानकर्ता मैत्री बनाइने प्रतिबद्धता व्यक्त गरे । “कोषले सञ्चालनमा ल्याएका योजना आवश्यकताका आधारमा परिमार्जन हुँदै आएका छन्”, उनले भने, “यसबाट सामाजिक सुरक्षाको दायरा फराकिलो भएको छ, सामाजिक सुरक्षाको हकबाट कोही पनि वञ्चित हुनुपर्दैन ।” कोषको दायरा बढाउँदै श्रमिकका परिवारलाई उद्यमशीलतासँग जोड्ने सरकारको योजना रहेको उनको भनाइ छ ।

श्रम मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष एकनारायण अर्यालले कोषमा आबद्ध हुन रोजगारदाता र श्रमिकले कुनै अप्ठ्यारो मान्न नहुने जनाउँदै कोषले योगदानकर्तालाई आकर्षक सेवासुविधा प्रदान गर्दै आएको बताए । कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ मा संशोधन गरी सुविधालाई योगादनमैत्री बनाउँदै लगिएको बताए । योगदानकर्ताका पति वा पत्नीको औषधि उपचार खर्च र योगादनकर्ताको घातक रोग उपचारको खर्च कोषले व्यहोर्ने गरी कार्यविधि संशोधन गरिएको उनको भनाइ छ ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका महासचिव नवराज दाहालले सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा सरकारले क्रियाशिलता देखाउनुपर्ने बताए । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक क्षेत्र तथा स्वरोजगार श्रमिकलाई तत्काल सामाजिक सुरक्षाको योजनामा ल्याउन माग गरे । गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष रविना थापाले विदेशमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सरकारले तत्काल सकारात्मक पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा कोषमा श्रमिकलाई सूचीकृत गरी नियमित योगदान गर्ने उत्कृष्ठ १० रोजगारदातालाई सम्मान गरिएको थियो । सम्मानित रोजगारदाता किरण शुज म्यानुफ्याक्चरका निर्देशन गौरव बस्नेतले सामाजिक सुरक्षा कोषमा योगदान गर्न थालेसँगै आफ्नो उद्योगमा श्रमिक र रोजगारदाताबीच सौहार्द सम्बन्ध कायम गर्न सहयोग मिलेको बताए । विसं २०६७ मा सामाजिक सुरक्षा कर सङ्कलनका लागि भन्दै कोषको स्थापना गरिएको थियो ।

योगदानमा आधारित समाजिक सुरक्षा योजना सञ्चालनमा आएको चार वर्ष पूरा भएको छ । २०७५ मङ्सिर ११ गते सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

बुटवल र नेपालगञ्जमा सम्पर्क कार्यालय

कोषले आजदेखि बुटवल र नेपालगञ्जमा सम्पर्क कार्यालय स्थापना गरेको छ । कोषले यसअघि विराटनगर र सिमरामा सम्पर्क कार्यालय खोलेको थियो । गण्डकी प्रदेशको पोखरामा छिट्टै सम्पर्क कार्यालय खोलिने कोषले जनाएको छ ।

सम्पर्क कार्यालयबाट श्रमिक तथा रोजगारदाता सूचीकरणलगायतका काम हुनेछन् । कोषमा १७ हजार पाँच सय सात रोजगारदाता र तीन लाख ७५ हजार नौ सय चार योगदानकर्ता सूचीकृत भएका छन् । कोषमा २६ अर्ब योगदान रकम सङ्कलन भएको छ । कोषले हालसम्म दुई अर्ब ७० करोड दाबी भुक्तानी गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ९ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा