२८ फाल्गुन २०८१, बुधबार । March 13, 2025

आईतबार दिउँसो भएको खेलमा कोस्टारिकासँग जापान पराजीत



एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलको आईतबार भएको खेलमा एसियाली राष्ट्र जापान कोस्टारिकासंग पराजित भएको छ ।

पहिलो खेलमा जर्मनीलाई स्तब्ध बनाएको जपानले दोस्रो खेलमा कोस्टारिकासँग १–० गोल अन्तरले पराजीत हुनु परेको हो । अहमेद बिन अली स्टेडियममा आइतबार दिउँसो भएको खेलमा कोस्टारिकाले जापानलाई हराएर समूह ईमा पहिलो जित निकालेको छ । कोस्टारिकालाई पहिलो जित दिलाउन फुलर स्पेन्सले ८१औं मिनेटमा निर्णायक गोल गरे ।

पहिलो खेलमा स्पेनसँग ७–० को पराकिलो अन्तरले पराजित भएको कोस्टारिकाले पहिलो जितबाट ३ अंक जोडेको छ र अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेको छ । दुई खेलपछि जापान र कोस्टारिकाको समान ३ अंक छ ।

अब समुहको अन्तिसम खेलमा जापानले स्पेनसँग खेल्नेछ भने कोस्टारिकाले जर्मनीसँग खेल्नेछ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ८ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी

शैक्षिक परामर्श र नेपाल प्रहरीको सहयोग: सुरक्षित भविष्यको लागि नयाँ कदम

काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ