१ आश्विन २०८३, बिहिबार । September 18, 2026

एमालेको सरकार बने श्रमिकको न्युनतम पारिश्रमिक २५ हजार पुग्छः उपमहासचिव रिमाल


११ मंसिर २०७९, आइतबार  

6
Shares

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद रिमालले एमालेको सरकार बनेमा श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउने बताएका छन् ।

आइतबार नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले ५ औँ सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमालेको सरकार बनेमा चुनावी घोषणापत्र बमोजिम श्रमिकको न्युनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउने बताएका हुन् । उनले एमाले सरकारमा नभएमा श्रमिकको पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउन आन्दोलन गर्ने बताए । उनले निर्वाचनको मतगणना भइरहेको उल्लेख गर्दै चार, पाँच वटा सिटले मात्रै काँग्रेस र एमालेबीच पहिलो र दोस्रो शक्ति हुने बताए ।

उपमहासचिव रिमालले एमालेको पपुलर भोट ३२ लाख पुग्ने र पपुलर भोटमा एमाले पहिलो पार्टी बन्ने बताए । उनले भने, ‘चुनाव सकिँदैछ । हाम्रो पार्टी नम्बर एक पार्टी बन्ने वा नबस्ने दोसाँधमा छ । चार, पाँचवटा सिट हार, जितले हामी दोस्रो बन्ने कि पहिलो बन्ने भन्ने तय हुँदैछ ।

पपुलर भोटमा त हामी नम्बर एक हुन्छौँ । यसमा कुनै शंका छैन । अहिले पनि हामीलाई २२, २३ लाख भन्दा बढी पपुलर भोट प्राप्त भइसकेको छ । केही लाख बढ्नेवाला छन् ।

सायद ३०, ३२ लाख पुग्ला जस्तो लाग्छ मलाई । हिसाव त्यही होला ।’ उनले थपे, ‘हामी सेकेण्ड हौला वा जे भएपनि यदी हामी सत्ताको बागडोर सम्हाल्ने तहमा पुग्यौँ भने हामीले श्रमिकहरुको अगाडी गरेको कबुल २५ हजार न्युनतम ज्याला पुर्‍याउने अभियानले मूर्तता निश्चित रुपमा पाउँछ । यदी सरकारमा भएनौँ भने २५ हजार हाम्रो पाँच वर्षको अभियान जुन छ, त्यसलाई पूरा गर्नको लागि श्रम आन्दोलनलाई साथ दिन एमाले तपाईहरुको साथमा रहन्छ ।’

उनले आफूहरु सरकारमा रहेमा औपचारिक क्षेत्रका सतप्रतिशत श्रमिकहरुलाई सामाजिक सुरक्षामा ल्याउने बताए । पाँच वर्ष भित्रमा अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिकहरुलाई पनि सामाजिक सुरक्षा प्रणालीभित्र ल्याउने उनको भनाइ छ । सामाजिक सुरक्षा औपचारिक र अनौपचारिक दुवै क्षेत्रका लागि भएकाले दुवै क्षेत्रमा बराबरी रुपमा लागू हुनेपर्ने उनले बताए ।

उनले सामाजिक सुरक्षा केवल श्रमिकहरुका लागि मात्रै नभई व्यवसायि र सरकारको लागि पनि भएको स्पष्ट पारे । व्यवसायिहरु सामाजिक सुरक्षामा जोडिनु श्रम बजारलाई सुन्दर बनाउनु भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ३ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ