२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

उम्रा गर्न जानेको बिदाइ



नेपालगञ्ज । इस्लाम धर्मावलम्बीको प्रमुख स्थल साउदी अरेबियाको मक्कामा उम्राका लागि जाने मुस्लिम सुमदायका अगुवालाई आइतबार यहाँबाट बिदाइ गरिएको छ ।

नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले उम्राका लागि जाने मुस्लिमलाई नेपालगञ्ज विमानस्थलबाट बिदाइ गरेको जानकारी दिए । उम्रा गर्न जान लागेका यात्रीलाई बिदाइ गर्दै अध्यक्ष शाहले देशको समृद्धि, शान्ति र एकताका लागिसमेत प्रार्थना गर्न आग्रह गरेका छन् । “उम्राको निश्चित समय हुँदैन जतिबेला पनि गर्न सकिन्छ”, उनले भने ।

प्रमुख धार्मिकस्थल मक्का, मदिनाको दर्शन गरी प्राथना गर्ने प्रक्रियालाई उम्रा भन्ने गरेको बताइएको छ । अध्यक्ष शाहले हजका लागि खास समय भए पनि यो जुनसुकै महिनामा पनि गर्न सकिने जानकारी दिँदै आजमात्रै त्यसका लागि १२ जना मुश्लिम अगुवालाई बिदाइ गरेको बताए । नेपालगञ्जबाट मात्रै उम्राका लागि ६० जना मक्का मदिना जानेभएको छन् ।

उम्रा गरेपछि मनोकामना पूरा हुने, मृत्युपछि बैकुण्ठ (जन्नत) मा बास हुने विश्वास गरिन्छ । त्यस्तै हज तथा उम्रामा जानेले परिवारको सुख, शान्ति तथा समृद्धिको मनोकामनासमेत गर्ने र त्यो प्राप्त हुने विश्वास रहेको छ । संविधानसभा सदस्य हाजी अब्दुल हमिद सिद्धिकी, जामा मस्जिदका पूर्वध्यक्ष अब्दुल रहमान मियाँलगायतका व्यक्तिले नेपालगञ्ज विमानस्थल पुगेर बिदाइ गर्नुभएको थियो ।

उनीहरु साउदीको मक्का र मदिनामा करिब २० दिन उम्रा गर्नछन् ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ३ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

आजको विनिमयदरः बढ्यो अमेरिकी डलरको भाउ, युरोपियन युरो र पाउन्ड स्ट्रलिङ पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

विभिन्न चार सुत्रीय मागसहित नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाल स्काउट शुद्धिकरण अभियानले स्काउट भित्रको शुद्धीकरणका लागि

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ