७ बैशाख २०८३, सोमबार । April 20, 2026

सुवास नेम्वाङ्गको संसदीय यात्रा


११ मंसिर २०७९, आइतबार  

9
Shares

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग इलाम क्षेत्र नं २ बाट विजयी भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय ५ मत प्राप्त गरेका थिए । नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष/सभामुख र २०७२ सालमा सभामुख भएका थिए ।

विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य बनेका उनी त्यस लगत्तै पुनः राष्ट्रियसभा सदस्य भए । प्रतिनिधिसभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित उनी संविधानसभा निर्वाचन २०६४ र २०७० मा इलाम २ बाट निर्वाचित भएका थिए ।प्रतिनिधिसभा निर्वाचन २०७४ मा इलाम २ बाट निर्वाचित नेम्वाङ्ग कानून समिति सदस्य, संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति भएका थिए ।

विसं २०५१ मा न्याय कानून तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री भएका उनी सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री भए ।राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानून व्यवसाय (वरिष्ठ अधिवक्ता) रहेका उनले पञ्चायती निरङ्कुशता विरुद्धको राजनीतिक आन्दोलनका क्रममा पटक–पटक सार्वजनिक सुरक्षा अन्तर्गत नजरबन्द परेका थिए । प्रधानमन्त्री तुलसी गिरीको पालामा चलाइएको राजकाज मुद्दामा सात महिना जेल परेका थिए ।

इलाम नगरपालिका ७ सुन्तलाबारीमा विस २००९ फागुन २८ गते जन्मीएका नेम्वाङ्गले अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरेका थिए । उन एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै नेकपा स्थायी कमिटी सदस्य २०७५ र २०४८ देखि लगातार सांसद हुन् । बिए र बिएल गरेका नेम्वाङ्ग प्राध्यापन, कानून व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाएका हुन् ।

उनी प्राध्यापक संघमा पनि सक्रिय रहे भने उनी नेपाल बार एसोसिएसनको महासचिव पनि भए। उनले राज्यबाट संविधानसभा पदक, राष्ट्र गौरव पदक प्राप्त गरेका छन् । गणेशमानसिंह प्रतिष्ठानले उनलाई गणेशमानसिंह जनआन्दोलन स्वर्ण पदक प्रदान गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  १० : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित