३ आश्विन २०८३, शनिबार । September 19, 2026

मोरङ–३ बाट कांग्रेसका शर्मा निर्वाचित


१० मंसिर २०७९, शनिबार  

6
Shares

मोरङ । मोरङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका डा सुनील शर्मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

उनी सत्ता गठबन्धनका तर्फबाट ४८ हजार छ सय १३ मतका साथ विजयी भएका हुन् । मोरङ क्षेत्र नं ३ निर्वाचन अधिकृत रामहरि काफ्लेका अनुसार शर्माले नेकपा (एमाले) का भानुभक्त ढकाललाई २२ हजार सात सय १६ मतान्त्रले पराजित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी ढकालले २५ हजार आठ सय ९७ मत पाएका छन् ।

त्यस्तै राप्रपाकी नेत्री तथा नायिका रेखा थापाले १० हजार नौ सय ९८ मत प्राप्त गरेकी छीन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विकास उप्रेतीले दुई हजार छ सय २६ मत प्राप्त गरेका छन् । निर्वाचन आयोग मोरङ क्षेत्र नं ३ ले विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण गरेको छ ।

प्रमाणपत्र कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुनील शर्माले जनताको मतको कदर गर्दै इमान्दारपूर्वक काम गर्ने बताए । एक लाख नौ हजार आठ सय ३३ मतदाता रहेको मोरङ क्षेत्र नं ३ मा ९७ हजार चार सय ६८ जनाले मतदान गरेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ५ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ