२० फाल्गुन २०८२, बुधबार । March 5, 2026

यु–१९ क्रिकेट

लुम्बिनी प्रदेशको पहिलो जित, वागमतीको दास्रो जित


१० मंसिर २०७९, शनिबार  

6
Shares

काठमाडौं । कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी प्रदेशले वाई वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकाल्दा वागमती प्रदेशले लगातार तेस्रो खेलमा सुखद् नतिजा निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा लुम्बिनीले कर्णालाई पराजित गर्दै दोस्रो खेलबाट पहिलो जित निकाल्दा मुलपानीमा सम्पन्न अर्को खेलमा वागमतीले प्रदेशले मधेस प्रदेशमाथि १ सय ५२ रनको फराकिलो जित निकालेको हो । कर्णालीले दिएको १ सय १ रनको लक्ष्य लुम्बिनीले २०.५ ओभरमा ४ विकेट गुमाएर १ सय २ रन बनाएर पूरा गरेर जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । लुम्बिनीको जितमा आकाश त्रिपाठीले अविजित ५२ रनको अर्धशतकीय इनिङ खेले ।

कप्तान विशाल विक्रम केसीले १३ तथा प्रज्वल थापाले १० रनको पारी खेले । यस्तै अन्य ब्याट्सम्यानले राम्रो स्कोर गर्न सकेनन् । बलिङतर्फ कर्णालीका अनुज चनाराले २ तथा सन्दीप शाही र मोहन बिकले १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले २२.२ ओभरमा सबै विकेट गुमाएर मात्र १०० रन बनाएको थियो ।

कर्णालीका लागि कप्तान विपिन रावलले ३६ रन जोडे भने सुवास एयरले २३ रनको पारी खेले । अन्यले ब्याटरले राम्रो खेल्न सकेनन् । कर्णालीको इनिङलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका विशालविक्रम केसीले ४ तथा अविशेक गौतमले २ विकेट लिए ।

पहिलो जितसँगै लुम्बिनीले २ खेलमा २ अंक जोडेको छ । उता कर्णालीले भने लगातार दोस्रो हार व्यहोरेको छ । प्रतियोगिता अन्तर्गत मुलपानीमा सम्पन्न खेलमा वागमतीले लगातार तेस्रो जित निकाल्दा मधेस प्रदेशलाई १ सय ५२ रनले पराजित गरेको हो । वागमतीले ४७.३ ओभरमा सबै विकेट गुमाएर दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको मधेस प्रदेश २५.५ ओभरमा समेटिएको थियो ।

मधेशले ६५ रन मात्र बनाउन सक्यो । जवाफी ब्याटिङ गरेको मधेस प्रदेशका लागि कप्तान अविशेक तिवारीले १८ रन तथा मयन यादवले ११ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर गर्न सकनन् । मधेसको इनिङलाई सस्तैमा समेट्ने क्रममा वागमतीका लागि अहमद राजा एक्लैले ५ तथा अभिशेक कोईरालाले ३ विकेट लिए । प्रतिक श्रेष्ठ र सक्रिय कार्कीले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको वागमतीले २ सय १७ रन बनाएको थियो । वागमतीका लागि उत्तम मगर र योगेश भाटले अर्धशतकीय इनिङ खेले । मगरले ९८ बलमा ७१ रन तथा भाटले ४० बलमा ५९ रन बनाएका थिए । प्रतिक श्रेष्ठले ३० तथा रोशन विकले १४ रनको ईनिङ खेलेका थिए । मधेसका लागि राजेश यादवले ४ तथा अविजित मण्डलले ३ विकेट लिएका थिए ।

रञ्जित कुमारले २ तथा कप्तान अभिशेक तिवारीले १ विकेट लिएका थिए । अपराजित वागमती ६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । पहिलो खेलमा पहिलो हार व्यहोरेको मधेस प्रदेश भने अंक बिहीन रहँदै अंक तालिकाको पुछारमा रहेको छ । प्रतियोगितामा आईतवार पनि दुई खेल हुनेछन् । कीर्तिपुर मैदानमा गण्डकी र सुदूरपश्चिम प्रदेश तथा मुलपानी मैदानमा कर्णाली र मधेश प्रदेशबीच प्रतिष्पर्धा हुनेछ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ४ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по