४ आश्विन २०८३, आइतबार । September 20, 2026

प्रचण्डलाई ओलीको फोन : मिलेर अघि बढौं


८ मंसिर २०७९, बिहिबार  

6
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेका छन् ।

चुनावी नतिजा सार्वजनिक हुने क्रम जारी रहेको बेला ओलीले दाहाललाई फोन गरेका हुन् । पछिल्लो मतपरिणामअनुसार दुवै दलको अवस्थामा विगतभन्दा अवस्था खस्किएको छ । आगामी दिनमा मिलेर जानुपर्ने ओलीको प्रस्ताव रहेको दाहालको सचिवालयले जनाएको छ ।

प्रचण्डले भने यसबारेमा निर्वाचनको अन्तिम परिणाम आएपछि छलफल गर्ने जवाफ दिएका छन् । दाहालपनि पछिल्लो समय कांग्रेसले निर्वाचनमा माओवादीलाई घात गरेको निश्कर्षमा पुगेका छन् । अहिलेपनि जनमत बलियो वामपन्थी एकता भएकोबारे दुवै नेताबीच कुराकानी भएको थियो ।

कतिपयले भने ओलीले सरकार गठनको लागि माओवादीलाई विश्वासमा लिन खोजेकोबारे पनि चर्चा गर्न थालेका छन् । नेकपा विघटन भएर एमाले र माओवादी अलग अलग भएपछि दुई नेताबीच पहिलोपटक फोन सम्वाद भएको हो । यसअघि एमसीसी पारित गर्ने सन्दर्भमा दुई नेताबीच दुवै दलका दोस्रो तहका नेताहरुको उपस्थितिमा संसद्मा सामूहिक छलफल भएको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ६ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली