२ कार्तिक २०८३, सोमबार । October 19, 2026

धादिङको दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवारको अग्रता


६ मंसिर २०७९, मंगलबार  

6
Shares

धादिङ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ ।

पछिल्लो मत गणनाको परिणाममा दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवारहरू अगाडि देखिएका छन् । धादिङ प्रतिनिधिसभा क्षेत्र नं १ को १६ हजार छ सय ६९ मत गणना भएको छ । गणना भएको मतको परिणामअनुसार नेकपा (एकीकृत समाजवादी) का राजेन्द्रप्रसाद पाण्डेले सात हजार ३९ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का भूमिप्रसाद त्रिपाठीले छ हजार सात सय ७९ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले दुई हजार एक सय २० मत प्राप्त गरेका छन् ।

यो क्षेत्रमा ८१ हजार एक सय २६ मत खसेको छ । धादिङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारीले चार सय पाँच मतले अग्रता लिएका छन् । प्रतिनिधिसभा सदस्यमा अहिले नौ हजार छ सय २१ मत गणना भएको छ । अहिलेसम्मको गणना भएको मत परिणामअनुसार अधिकारीले चार हजार आठ सय ७६ मत पाएका छन् ।

एमालेका खेमप्रसाद लोहनीले तीन हजार आठ सय ५३ मत पाएका छन् । यो क्षेत्रमा ६७ हजार छ सय एक मत खसेको छ । मत गणनाको अहिलेसम्मको परिणामले क्षेत्र नं १ मा एकीकृत समाजवादीका उम्मेदवार पाण्डे र एमाले उम्मेदवार त्रिपाठीबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।

क्षेत्र नम्बर २ मा भने नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी लगातार अगाडि देखिएका छन् । मत गणना ढिलो हुँदा परिणाम आउन अझै दुई दिन लाग्नसक्ने देखिन्छ । हालसम्म भइरहेको मत गणनाको गतिलाई हेर्दा एक हजार पाँच सय मत गणना गर्न दुई घण्टाभन्दा बढी समय लाग्ने गरेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ७ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि