२७ बैशाख २०८३, आइतबार । May 11, 2026

चीनमा आगलागीमा परी ३६ को मृत्यु


६ मंसिर २०७९, मंगलबार  

6
Shares

एजेन्सी । चीनको एक व्यापारिक फार्ममा भएको आगलागीमा परेर कम्तीमा ३६ जनाको ज्यान गएको छ ।

मध्य चीनको हेनान प्रान्तमा रहेको एन्यान सहरमा अवस्थित एक व्यापारिक फार्ममा आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताइएका छन् । यससम्बन्धी पूर्ण विवरण आउन सकेको छैन । आगलागीबाट कम्तीमा पनि ३६ जनाको ज्यान गएको छ भने अरु दुई जना घाइते भएका छन् ।

आगलागीमा परेर दुई जना बेपत्ता रहेका छन् । उनीहरु आगो लागेको भवनको भग्नावशेषमा परेका अनुमान गरिएको छ ।सोमबार राति ११ बजेतिर त्यहाँ आगलागी भएको प्रहरीले जनाएको छ ।

यहाँ ठूलो संख्याका प्रहरी तथा उद्धारकर्मीहरुले उद्धारको काम गरिरहेका पनि बताइएको छ । यस फार्ममा के कति कारणले आगलागी भएको हो भन्ने बारेमा भने केही बताइएको छैन । प्रहरीले सो फार्ममा रहेका दुई जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  २ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फ्लाई नेपा ट्राभल्सलाई ‘बेस्ट इन ट्राभल मार्केटिङ्’ अवार्ड

काठमाडौं । नेपाली पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आएको

Embassy of Russia in Nepal Marks Victory Day Celebration in Kathmandu

Kathmandu- The Russian Embassy celebrated the Victory Day with great

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा