२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

चीनमा आगलागीमा परी ३६ को मृत्यु



एजेन्सी । चीनको एक व्यापारिक फार्ममा भएको आगलागीमा परेर कम्तीमा ३६ जनाको ज्यान गएको छ ।

मध्य चीनको हेनान प्रान्तमा रहेको एन्यान सहरमा अवस्थित एक व्यापारिक फार्ममा आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताइएका छन् । यससम्बन्धी पूर्ण विवरण आउन सकेको छैन । आगलागीबाट कम्तीमा पनि ३६ जनाको ज्यान गएको छ भने अरु दुई जना घाइते भएका छन् ।

आगलागीमा परेर दुई जना बेपत्ता रहेका छन् । उनीहरु आगो लागेको भवनको भग्नावशेषमा परेका अनुमान गरिएको छ ।सोमबार राति ११ बजेतिर त्यहाँ आगलागी भएको प्रहरीले जनाएको छ ।

यहाँ ठूलो संख्याका प्रहरी तथा उद्धारकर्मीहरुले उद्धारको काम गरिरहेका पनि बताइएको छ । यस फार्ममा के कति कारणले आगलागी भएको हो भन्ने बारेमा भने केही बताइएको छैन । प्रहरीले सो फार्ममा रहेका दुई जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  २ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ

आजको विनिमयदरः अमेरिकी डलर र पाउण्डको मूल्य घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज (बुधबारका) लागि अमेरिकी

आजको मौसमः पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

आजको विनिमयदरः बढ्यो अमेरिकी डलरको भाउ, युरोपियन युरो र पाउन्ड स्ट्रलिङ पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको