१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

कस्ताे छ प्रधानमन्त्रीका दावेदारहरुको अवस्था ?


६ मंसिर २०७९, मंगलबार  

15
Shares

काठमाडौं । हालका प्रधानमन्त्रीसहित चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा छन् ।

यी पाँचै जना आगामी बन्ने सरकारको प्रधानमन्त्रीका दावेदारसमेत हुन् । मंगलबार मध्यान्हसम्मको प्रतिनिधिसभा तर्फको मतपरिणाअनुसार नेपाली कांग्रेस ४८ क्षेत्रमा अग्रता लिइरहेको छ भने चार क्षेत्रमा विजयी भइसकेको छ । यस्तै, एमाले ३८, माओवादी १२, राष्ट्रिय स्वतन्त्र पार्टी ११ र नेकपा एस ७ ठाउँमा अगाडि रहेका छन् । हालसम्ममा एमाले दुई क्षेत्रमा विजयी भएको छ ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो गृह जिल्ला डडेलधुराबाट प्रतिनिधिसभा उम्मेदवार छन् । उनी पछिल्लो तपरिणामअनुसार ६८८० मतसहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले ३६६६ मत प्राप्त गरेका छन् ।

यो झण्डै दोब्बर मतको फरक हो । त्यसैले देउवा बलियो देखिएका छन् । यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेखवार छन् । यो क्षेत्रमा प्रचण्डले आफ्ना प्रतिस्पर्धीभन्दा तेब्बर मतले अगाडि छन् ।

प्रचण्डले ५ हजार ९८० मत पाउँदा उनका निटक प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १६८२ मत ल्याएका छन् । अहिलेको मतान्तरअनुसार यो क्षेत्रमा प्रचण्डको विजयी निश्चित देखिन्छ । यस्तै, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि अग्रता बढाउँदै लगेका छन् ।

झापा–५ बाट उम्मेदवार रहेका उनले हालसम्म ८९७८ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले ५४४८ मत ल्याएका छन् । अहिलेसम्मको मतपरिणामअनुसार झापा–५ मा ओली बलियो देखिएका छन् ।

यसैगरी आगामी सरकारको प्रधानमन्त्रीकै दावेदार रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधामन्त्री माधव नेपालले पनि आफ्नो क्षेत्रमा अग्रता लिइरहेका छन् । अध्यक्ष नेपाल रौतहट–१ बाट उम्मेदवार छन् । उनले ५४४५ मत ल्याएका छन् भने उनलाई पछ्याइरहेका एमाले उम्मेदवार अजयकुमार गुप्ताले ४८७३ मत ल्याएका छन् ।

यस्तै, पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल इलाम–१ मा उम्मेदवार छन् । नेता खनालले भने एमालेका उम्मेदवार महेश बस्नेतभन्दा झण्डै एक हजार मतले पछाडि छन् । बस्नेतले ५६२६ मत ल्याउँदा खनालले ४८५० मत ल्याएका छन् । यसपटक पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र बाबुराम भट्टराई भने चुनावी प्रतिस्पर्धामा छैनन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १२ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली