२१ फाल्गुन २०८२, बिहिबार । March 6, 2026

चर्चित रेडियो प्रस्तोता महावीर विश्वकर्माको निधन


६ मंसिर २०७९, मंगलबार  

6
Shares

चितवन । चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ ।

चितवनबाट काठमाडौं फर्किने क्रममा सवारी दुर्घटना परेर मंगलबार बिहान करिब साढे पाँच बजेतिर उनको निधन भएको हो । केही दिनदेखि उनी चुनावका लागि आफ्नै घर चितवनको राप्ती– ४ डडुवा गएका थिए । काठमाडौं फर्किने क्रममा उनको निधन भएको हो ।

चितवनबाट माइक्रोबसमा उनी काठमाडौँ आइरहेको बेला ट्रकमा ठोक्किएर दुर्घटना भएको हो । चितवनकै राप्ती नगरपालिका– ६ हर्दीचोकमा बिग्रेर रोकिराखेको ना २ ख ८५२२ नम्बरको ट्रकमा उनी सवार रहेको बा ४ ख ४१२ नम्बरको माइक्रोबस ठोक्किएको बताइएको छ । उक्त माइक्रोबसमा सवार रहेका चालकसहित ६ जना घाइते भएको बताइएको छ ।

विश्वकर्माको भने गम्भीर चोटका कारण उद्धार गरी पुरानो मेडिकल कलेज चितवनमा उपचारका लागि लगिएको थियो, तर अस्पतालले तुरुन्तै मृत घोषणा गरेको हो । विश्वकर्मा रेडियो प्रस्तोता मात्र नभएर टेलिभिजन कार्यक्रम निर्माणमा पनि संलग्न थिए । साथै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य र जात व्यवस्था उन्मूलन मोर्चा नेपालका सचिव रहेर पनि उनी दलित मानव अधिकारका लागि संघर्षमा थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по