२३ फाल्गुन २०८१, शुक्रबार । March 7, 2025

चर्चित रेडियो प्रस्तोता महावीर विश्वकर्माको निधन



चितवन । चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ ।

चितवनबाट काठमाडौं फर्किने क्रममा सवारी दुर्घटना परेर मंगलबार बिहान करिब साढे पाँच बजेतिर उनको निधन भएको हो । केही दिनदेखि उनी चुनावका लागि आफ्नै घर चितवनको राप्ती– ४ डडुवा गएका थिए । काठमाडौं फर्किने क्रममा उनको निधन भएको हो ।

चितवनबाट माइक्रोबसमा उनी काठमाडौँ आइरहेको बेला ट्रकमा ठोक्किएर दुर्घटना भएको हो । चितवनकै राप्ती नगरपालिका– ६ हर्दीचोकमा बिग्रेर रोकिराखेको ना २ ख ८५२२ नम्बरको ट्रकमा उनी सवार रहेको बा ४ ख ४१२ नम्बरको माइक्रोबस ठोक्किएको बताइएको छ । उक्त माइक्रोबसमा सवार रहेका चालकसहित ६ जना घाइते भएको बताइएको छ ।

विश्वकर्माको भने गम्भीर चोटका कारण उद्धार गरी पुरानो मेडिकल कलेज चितवनमा उपचारका लागि लगिएको थियो, तर अस्पतालले तुरुन्तै मृत घोषणा गरेको हो । विश्वकर्मा रेडियो प्रस्तोता मात्र नभएर टेलिभिजन कार्यक्रम निर्माणमा पनि संलग्न थिए । साथै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य र जात व्यवस्था उन्मूलन मोर्चा नेपालका सचिव रहेर पनि उनी दलित मानव अधिकारका लागि संघर्षमा थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लायन्स डिष्ट्रिक्ट ३२५ के को तेस्रो राष्ट्रिय महाधिवेशन शनिवार पोखरामा, भिडिजीमा सुधाको उम्मेदवारी

काठमाडौं । लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय

लगातार उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय