२४ बैशाख २०८२, बुधबार । May 8, 2025

विश्व फुटबलको कुम्भमेला आजदेखि



एजेन्सी । विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल प्रतियोगिता आइतबारदेखि कतारमा सुरु हुँदैछ ।

करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियममा उद्घाटन खेल हुनेछ । उद्घाटन खेलमा कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेको कतार र इक्वेडरबीचको खेल नेपाली समय अनुसार आइतबार राति ९ः४५ बजेदेखि सुरु हुनेछ । कतार र इक्वेडर दुवै टोली उद्घाटन खेलमा जित निकाल्दै विश्वकपमा सुखद सुरुआत गर्ने योजनाका साथ मैदानमा उत्रनेछन् ।

मध्यपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना हुन लागेको विश्वकपको उद्घाटन खेलअघि औपचारिक उदटन समारोह हुनेछ । आयोजक कतारको समूहमा नेदरल्याण्ड, इक्वेटर र सेनेगल छन् । विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।

कतारका आठ वटा रङ्गशालामा आयोजना हुने विश्वकपको समूह ‘बि’मा इङ्ग्ल्यान्ड, इरान, अमेरिका र वेल्स छन् भने समूह ‘सि’मा अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्याण्ड छन् । त्यस्तै समूह ‘डि’मा फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया छन् । समूह ‘इ’ मा स्पेन, कोस्टारिका, जर्मनी र जापान छन् ।

यसैगरी समूह ‘एफ’मा बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया छन् भने समूह ‘जि’ मा ब्राजिल, सर्बिया, स्वीट्जरल्याण्ड र क्यामरुन छन् । समूह एचमा पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया छन् । हरेक समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् । विश्वपकपको फाइनल खेल आगामी पुस ३ गते हुनेछ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  १ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्सेमा उत्साहजनक उछाल, ६१ अंकले परिसूचक उक्लिँदै २६७२ विन्दुमा

काठमाडौं । नेपाली सेयर बजारमा बुधबार विशेष उत्साह देखियो। लामो

भारत-पाकिस्तान तनावः मोदीले रद्द गरे युरोप भ्रमण

एजेन्सी । पाकिस्तानमा भारतीय सेनाद्वारा गरिएका निशानात्मक कारबाहीपश्चात भारत–पाकिस्तानबीचको तनाव

भारत–पाकिस्तान तनावः भारततर्फ १० र पाकिस्तानतर्फ ३६ सर्वसाधारणको मृत्यु पुष्टि

एजेन्सी । गएरातिदेखि भारत–पाकिस्तान सीमा क्षेत्रमा चर्किएको तनावले ठूलो मानवीय

दुई महिनादेखि उडा ठप्प ! विमानस्थलको गेटमै चर्कियो आन्दोलन

रुपन्देही । पछिल्ला दुई महिनादेखि अन्तर्राष्ट्रिय उडान नहुँदा गौतम बुद्ध

आतंकवाद नरोकेसम्म पाकिस्तानसँग क्रिकेट खेल्न हुँदैनः गौतम गम्भीर

एजेन्सी । भारतका पूर्व क्रिकेटर तथा वर्तमान प्रशिक्षक गौतम गम्भीरले