७ कार्तिक २०८३, शनिबार । October 24, 2026

पैसा बाँडेको आरोपमा काठमाडौं–५ का एमाले नेताहरु पक्राउ


२ मंसिर २०७९, शुक्रबार  

6
Shares

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा मतदातालाई पैसा बाँडेको आरोपमा नेकपा एमालेका स्थानीय नेताहरु पक्राउ परेका छन् ।

काठमाडौं ५ (२) का प्रदेशसभा उम्मेदवार दीपक निरौ, बुढानिलकण्ठ नगरपालिका– ६ का वडाध्यक्ष रवि खड्का र नेकपा एमाले बुढानिलकण्ठ नगरका अध्यक्ष प्रदीप डंगोललाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूलाई बुढानिलकण्ठ नगरपालिका– ६ का कर्मचारी बुद्ध लक्ष्मी तामाङको घरबाट प्रहरीले पक्राउ गरेको हो । त्यहाँ पैसा बाँड्न गएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

काठमाडौं ५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिनिधिसभातर्फका उम्मेदवार छन् । यो प्रकरणले पोखरेल पनि विवादमा तानिएका छन् । पक्राउ परेकालाई छाड्ने प्रहरीमाथि ठूलो दबाब परेको छ । सोही कारण यस विषयमा प्रहरी केही बोलेको छैन ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ९ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि