२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

पैसा बाँडेको आरोपमा काठमाडौं–५ का एमाले नेताहरु पक्राउ


२ मंसिर २०७९, शुक्रबार  

6
Shares

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा मतदातालाई पैसा बाँडेको आरोपमा नेकपा एमालेका स्थानीय नेताहरु पक्राउ परेका छन् ।

काठमाडौं ५ (२) का प्रदेशसभा उम्मेदवार दीपक निरौ, बुढानिलकण्ठ नगरपालिका– ६ का वडाध्यक्ष रवि खड्का र नेकपा एमाले बुढानिलकण्ठ नगरका अध्यक्ष प्रदीप डंगोललाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूलाई बुढानिलकण्ठ नगरपालिका– ६ का कर्मचारी बुद्ध लक्ष्मी तामाङको घरबाट प्रहरीले पक्राउ गरेको हो । त्यहाँ पैसा बाँड्न गएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

काठमाडौं ५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिनिधिसभातर्फका उम्मेदवार छन् । यो प्रकरणले पोखरेल पनि विवादमा तानिएका छन् । पक्राउ परेकालाई छाड्ने प्रहरीमाथि ठूलो दबाब परेको छ । सोही कारण यस विषयमा प्रहरी केही बोलेको छैन ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ९ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ