२८ बैशाख २०८२, आइतबार । May 11, 2025

अन्जनको गोलमा पाकिस्तानमाथि नेपालको जित



काठमाडौं । खेलको ८३ औँ मिनेटमा फरवार्ड अन्जन विष्टले गोल गरेपछि नेपालले पाकिस्तानसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित निकालेको छ ।

घरेलु मैदानमा पाकिस्तानलाई १–० गोलअन्तरले हराउँदै नेपालले मैत्रीपूर्ण खेलमा जित निकाल्न सफल भएको हो । दशरथ रंगशालामा ५० औं खेल खेलेको नेपाललाई जित दिलाउन अन्जन विष्टले निर्णायक दोस्रो हाफमा गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा अन्जन विष्टले गोल गर्दै नेपाललाई जित दिलाउन सफल भएका हुन् ।

अन्जनले सुनिल बलको लामो पासमा उत्कृष्ट गोल गरे । नेपालको लागि अन्जनको यो ११ औं गोल हो । अन्जन सर्वाधिक गोलकर्ता हरि खड्का र निराजन राइमाझी भन्दा दुई गोलले पछि रहेका छन् ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले प्रतिबन्ध फुकाएपछि झन्डै साँढे तीन वर्षपछि मैदान फर्किएको पाकिस्तानले पनि केही आक्रमण बुनेपनि गोल भने गर्न सकेन ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ७ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

साता सुरूवातमै दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । साता सुरूवातसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो

टेस्ट क्रिकेटबाट विराटको सन्यास ! बीसीसीआई छलफलमा, गिल नेतृत्वको दौडमा ?

मुम्बई । भारतीय क्रिकेटका स्टार खेलाडी विराट कोहलीले अचानक टेस्ट

श्रीलंकामा भयानक बस दुर्घटना, २१ जनाको मृत्यु

काठमाडौं । श्रीलंकामा आइतबार बिहान एक दर्दनाक बस दुर्घटनामा परी

सस्तियो सुनको मूल्य, चाँदी बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ

ट्रक पल्टिँदा अवरूद्ध नारायणघाट-मुग्लिन सडक खुल्यो

चितवन । नारायणघाट(मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा ट्रक अनियन्त्रित