४ असार २०८३, बिहिबार । June 18, 2026

काठमाडौं–८ मा आफ्नो जित हुनेमा ढुक्क छुः प्रकाश रिमाल, सहमहामन्त्री राप्रपा


३० कार्तिक २०७९, बुधबार  

132
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ को चुनावी मैदानमा दर्जन भन्दा बढी उम्मेदवार रहेका छन् ।

आगामी मङ्सिर ४ गते हुनगइरहेका निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत काठमाडौं महानगरपालिकाको १३, १५, १९, २०, २३, २४ र नागार्जुन नगरपालिकाका ४ र ५ नम्बर वडा पर्दछन । काठमाडौं ८ एतिहासिक र धार्मिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ । यसमध्ये महानगरको वडा नम्बर १९, २०, २३, २४ बजार क्षेत्रमा पर्छ भने वडा नम्बर १३ को पनि आधाआधी भाग बजारमा पर्छ ।

यो क्षेत्रबाट सांसद बन्न राप्रपाका प्रकाश रिमाल, एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ, नेकपा एमालेका शिवसुन्दर राजवैद्य, र हाम्रो नेपाली पार्टीका सुमन सायमी प्रतिस्पर्धामा छन् । विशेषगरी तत्कालीन सितापाइला गाबिसका २ वटा वडा, कामनपा वडा न १५ को स्वयम्भु, डल्लु किमडोल र वडा १३ को छाउनी, बाफल सोल्टीमोड क्षेत्रमा राम्रो पकड भएको तथा अन्य वडामा पनि विगतको भन्दा राम्रो उपस्थिति रहेकोेले आफ्नो जित सुनिस्चित रहेकोे राप्रपा का उम्मेदवार प्रकाश रिमालले जानकारी दिएका छन् ।

सत्ता गठबन्धनको तर्फबाट पर्यटन तथा संस्कृति मन्त्री रहेका एकीकृत समाजवादीका जीवनराम श्रेष्ठको बिगतको गतिविधि र बिबादास्पद कार्यका कारण जनताले भोट नहाल्ने ,एमालेका उम्मेदवार शिवसुन्दर राज बैध परिचित अनुहार नभएको र स्वतन्त्र भनी प्रचार गरे पनि अन्ततः हाम्रो नेपाली पार्टी दर्ता गरेर उम्मेदवार भएका सुमन सायमी राष्ट्रिय स्वतन्त्र पार्टीका बिराजभक्त श्रेष्ठले कोर एरियाकै भोट काटने र त्यसको फाइदा आफुलाइ हुनेमा रिमाल देखिन्छन् ।

राप्रपाका सहमहामन्त्री समेत रहेका रिमाल नेपालको बर्तमान राजनीतिलाई राम्ररी बुझ्ने र विश्लेषण गर्नसक्ने राजनितिकर्मी तथा स्पष्ट बक्त्ता रुपमा चिनिएका व्यक्ति हुन् । काठमाडौंको पश्चिमी भेगमा सम्भावना बोकेका नेतृत्वको रूपमा आफुलाइ परिचित गराउनु हुने नेता रिमाल तत्कालीन सितापाइला गाबिसको पुर्ब वडा अध्यक्ष ,सितापाइला-भिम्ढुङा सडकको अध्यक्ष , सितापाइला उच्च मा बि लगायत धेरै शैक्षिक संस्थाको अध्यक्ष र सदस्य भइ कार्य गरिसक्नु भएको छ । विगतको २०७० मा सम्पन्न निर्वाचनमा पनि करिब ६ हजार मत प्राप्त गरि प्रतिस्पर्धामा तेस्रो रहेकोले यस पटक आफुलाइ काठमाडौं क्षेत्र नम्बर ८ का जनताले अत्यधिक मतले विजयी गराउनेमा रिमाल ढुक्क छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ११ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा