२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

पोल्याण्ड अपडेट

जी–सेभेन राष्ट्र प्रमुखहरूको आपत्कालीन बैठक, नयाँ द्वन्द्व बढाउने चिन्ता



एजेन्सी । इन्डोनेसियामा जारी जी–२० बैठकको अन्तिम दिन जी–७ राष्ट्रका नेताहरुले पोल्याण्डमा खसेको मिसाइलबारे छालफल गरेका छन् ।

अमेरिका, इटाली, जर्मनी, फ्रान्स, बेलायत, जापान, स्पेन र नेदरल्याण्ड्सका नेताहरूको उपस्थिति रहेको उक्त आपतकालिन बैठकमा युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेल र युरोपियन युनियनका आयुक्त पनि सहभागी रहेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । पोल्याण्ड नेटो सैन्य गठबन्धनको सदस्य हो र यस घटनालाई नेटोमाथि आक्रमण मान्न सकिने बताइएको छ ।

नेटोको सदस्य हुनु भनेको कुनै सदस्य राष्ट्रमा सशस्त्र आक्रमण भएमा अन्य सदस्य राष्ट्रले सहयोग गर्न अगाडि आउने र आक्रमण भएको वा भइरहेका देशमा नेटोको सेना पठाउन सक्छ । यदि उक्त मिसाइल रुसी भएको पुष्टि भयो भने यसले सैद्धान्तिक रूपमै द्वन्द्व बढ्न सक्ने देखिन्छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार यतिबेला अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री ऋषि सुनक पोल्याण्डसँग सम्पर्कमा छन् ।

जो बाइडेनले नेटो प्रमुख जेन्स स्टोल्टनबर्गसँग पनि वार्ता गरेका छन्। यस घटनाले जी–२० का सबै देशका योजनाहरू फेल भएको देखिने जनाईएको छ । पोल्याण्डको विदेश मन्त्रालयले मंगलबार दिउँसो ३ः४० मिनेटमा आफ्नो भूमिमा ‘रुसी क्षेप्यास्त्र’ खसेको बताएको थियो, जसका कारण सेरेवोडो गाउँमा दुई जनाको मृत्यु भएको थियो । पोल्याण्डले क्षेप्यास्त्र कसले प्रक्षेपण गर्‍यो भन्ने बारे कुनै ठोस प्रमाण नभएको बताएको छ।

यता रुसी रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै रुसेले युक्रेनी सीमा नजिक कुनै आक्रमण नगरेको र स्थिति थप बिगार्ने उद्देश्यले उक्त आरोप लगाएको भन्दै समाचारको खण्डन गरेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ९ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको