३१ बैशाख २०८३, बिहिबार । May 14, 2026

उच्च मनोबलका साथ खेल्छौंः कप्तान चन्द


२९ कार्तिक २०७९, मंगलबार  

6
Shares

काठमाडौं । नेपाली फुटबल टोलीका कप्तान रोहित चन्दले नेपाल भ्रमणमा रहेको पाकिस्तानबिरुद्ध नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रिने बताएका छन् ।

मंगलवार आयोजित प्रि–म्याच कन्फरेन्समा चन्दले पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिष्पर्धी भएको र बुधवार हुने खेलमा नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने बताएका हुन् । फिफाको प्रतिवन्ध पछि फुटबलमा फर्किएको पाकिस्तानसँग यसअघि बंगलादेशसँग भएको खेलमा निकालेको जितबाट टोलीलाई उच्च मनोबल मिलेको र सोही मनोबलका साथ खेल्ने कप्तान चन्दले बताएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा रोहित आफुले कप्तानी पाउँदा खुशी लागेको तर नेपालको लागि खेल्न पाउनु नै आफ्नो लागि ठूलो कुरा रहेको समेत बताए ।

नेपाललाई पाकिस्तानले मैत्रिपूर्ण खेलका लागि प्रश्ताव गरेको हो । नेपालले स्वीकार गरेपछि पाकिस्तान एक मैत्रीपूर्ण खेलको लागि आईतवार नेपाल आएको थियो । नेपाल र पाकिस्तानबीच ८ वर्षपछि प्रतिष्पर्धा हुन लागेको हो । आन्तरिक द्वन्द र वाह्यशक्तिको हस्तक्षेपसँगै फिफाले पाकिस्तानलाई प्रतिवन्ध गरेको थियो । सोही टोली पाकिस्तानबिरुद्ध नेपाल मैदान उत्रिँदा कार्यवाहाक प्रशिक्षकमा प्रवेश कटुवालले पाकिस्तानी टोलीबिरुद्ध आफ्नो टोली घरेलु मैदानमा सुखद् नतिजाका लागि खेल्ने बताए ।

यस्तै नेपाल भ्रमण रहेको पाकिस्तानी टोलीका कप्तान हसन वासिरले नेपालबिरुद्ध राम्रो इतिहास भएको र सोही इतिहासलाई दोहोर्‍याउनका लागि खेल्ने बताए । उनले पाकिस्तान टोलीलाई यसअघि पनि कठिनाई पर्दै आएको थियो । हसनले आफ्नो टोलीले अन्तिम समयमा मौका पाएर खेल्ने गरेको भन्दै व्यक्तिगत हिसावमा आफु डेनमार्कमा खेल्दै आएकोले लयमा रहेको बताए । नेपाल र पाकिस्तानबीच हालसम्म १६ खेलमा प्रतिष्पर्धा भएको छ ।

नेपालले पछिल्लो पटक पाकिस्तानसँग सन् २०१८ मा खेलेको थियो । साफ च्याम्पियनसिप अन्तर्गत ढाकामा भएको खेलमा नेपाल २–१ ले पराजित भएको थियो । बुधवार हुने खेलमा पाकिस्तानले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ । त्यस्तै नेपालले पाकिस्तानलाई हराउँदै दशरथ रंगशालामा आयोजना हुन लागेको ५० औं अन्तर्राष्ट्रिय खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यमा हुनेछ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ५ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बाँदर आतंक नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा, दुई दिन ‘धपाउने अभियान’ सञ्चालन हुने

तेह्रथुम । खेतीपातीमा बढ्दो बाँदरको क्षति रोक्न लालीगुराँस नगरपालिका ले

प्रधानमन्त्री संसदमा अनुपस्थित, सांसदका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको

प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ

मेयरलाई पटक–पटक खबर गर्दा पनि फोहोर उठेन, जेठ १ गते नगरपालिकामा फाल्ने तयारी

बुटवल । रुद्रगण तथा एमआरआर टिम बुटवलको संयुक्त आयोजनामा नेपाल

‘यो नेपाली शिर उचाली : सिजन–२’ बुधबारदेखि प्रसारण हुँदै

काठमाडौं । राजेश हमाल प्रस्तोता रहेको टेलिभिजन शो ‘यो नेपाली