२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

सोमालियामा यस बर्ष ६ सय बढी सर्वसाधारणको हत्या



एजेन्सी । सोमालियामा यसै वर्षको जनवरीदेखि यता मात्र छ सयजना भन्दा बढीको हत्या भएको एक राष्ट्रसङ्घीय अधिकारीले जनाएका छन् ।

उनका अनुसार यहाँ गएको १० महिनामा मात्र छ सय १३ जना सर्वसाधारणको हत्या भएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार सम्बन्धी उच्चायुक्त भोल्कर टर्कले सो कुराको जानकारी दिएका हुन् । उनले यस वर्ष यहाँ सर्वसधारणको हत्या झनै बढेको बताएका छन् । यहाँका नागरिकको मानव अधिकार हनन् भएको र उनीहरुको हत्याको अवस्था झन् बढेको भन्दै उच्चायुक्त टर्कले यो निकै नै दुःखद अवस्था भएको पनि जानकारी दिए ।

सोमबार प्रकाशन गरिएको विज्ञप्तिमा उनले अझै कति सोमालियाली सर्वसाधारण नागरिकको ज्यान जाने हो भन्ने निश्चित नरहेको र यो अवस्था भनेको निकै नै दुःखद अवस्था हो भन्दै हिंसा अन्त्यको बाटो खोज्न पनि सुझाएका छन् । सोमालियाका अल सेबाब हिंसात्मक विद्रोहीहरुले पछिल्लो समयमा नागरिक हत्याको शृंखलालाई झन् बढाएको देखिए पनि उनले बताए । यहाँका विद्रोहीहरुले विस्फोटक पदार्थको प्रयोग गरेर नागरिकको हत्या गर्ने गरेका उनको भनाई छ ।

उनले अल सेबाब विद्रोहीहरुले करिब ९४ प्रतिशत हत्या यस्ता विस्फोटक पदार्थको प्रयोगबाट गर्ने गरेका र त्यसपछि उनीहरुले आत्मघाती हमला पनि गर्ने गरेका पाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको