२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

युद्ध अन्त्य गर्न इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोको आह्वान



ऐजेन्सी । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले बालीमा भएको जी–२० शिखर सम्मेलनको उद्घाटन गर्दै विश्वलाई युद्ध अन्त्य गर्न आह्वान गरेका छन् ।

भूराजनीतिक तनाव सँगै खाद्यान्न र विश्वव्यापी रूपमा उर्जा संकटको कारण बनेको रुस युक्रेन युद्धले पैदा गरेको व्यापक मतभेद लाई कम गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याए । उनले रुस युक्रेन युद्धलाई इंकित गर्दै जी–२० सदस्यहरूले युद्ध अन्त्य गर्न काम गर्नु पर्ने धारणा राखे ।

शिखर सम्मेलनको उद्घाटन सत्र अघि नेताहरूसँग कुराकानि गर्दै जिम्मेवार भएको नाताले युद्ध अन्त्य गर्न लागि पर्नुपर्ने र युद्ध समाप्त नभए संसारलाई अगाडि बढ्न गाह्रो हुने उनले बताए । जी–२० मा रुसलाई प्रतिबन्ध लगाउने आह्वान भए पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई जोकोवीले निमन्त्रणा दिएका थिए तर सो निमन्त्रणा अस्विकार गर्दै पुटिनले रूसी विदेशमन्त्री सर्गेई लाभरोभलाई प्रतिनिधिको रुपमा पठाएका छन् ।

यसैबिच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार भिडियो लिङ्क मार्फत शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् । शिखर सम्मेलनको उद्घाटनको पूर्वसन्ध्यामा, उनले जी–२० शिखर सम्मेलन लाई सम्बोधन गर्दै शान्तिको लागि आह्वान गरेका थिए। उनले आफ्नो भाषणमा जी–२० नेताहरूलाई रुसी विनाशकारी युद्धलाई रोक्न सकिने र यसले हजारौंको जीवन बचाउन सकिने बताएका छन् ।

जी–२०कार्यक्रमको आयोजना गर्न पाउनु इन्डोनेसियाका लागि सम्मानको कुरा रहेको राष्ट्रपति जोको विडोडो को भनाई छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १२ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको