२८ मंसिर २०८२, शनिबार । December 13, 2025

कम्बोडियाका प्रधानमन्त्री सेनलाई कोरोना पुष्टि, जी–२० मा सामेल नुहुने



एजेन्सी । कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलबार उनले आफुलाई कोराना भाइरस पुष्टि भएको जनकारी गराएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सेनले सोमबार राति आफूलाई कोरोना भाइरसको संक्रमण देखिएको र इन्डोनेसियाका एक डाक्टरले पनि उनी कोभिड–१९ बाट संक्रमित भएको पुष्टि गरेका छन् । सेन जी –२० शिखर सम्मेलनमा सहभागी हुन इन्डोनेसियाको बाली पुगेका थिए ।

यसअघि कम्बोडियाको नोम पेन्हमा भएको दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको शिखर सम्मेलनमा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनलगायत विश्वका धेरै नेताहरूसँग भेट गरेका थिए । सेनले आफू कम्बोडिया फर्कन लागेको र जी–२० शिखर सम्मेलन र त्यसपछि बैंककमा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) बैठकमा सहभागी नहुने बताएका छन् ।

आइतबार सम्पन्न भएको दक्षिणपूर्वी एसियाली राष्ट्रहरू (आसियान) शिखर सम्मेलनको आयोजक कम्बोडिया थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १२ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले