३ आश्विन २०८३, शनिबार । September 20, 2026

ऐक्यबद्ध भएर चुनौतीको सामना गर्न राष्ट्रसङ्घको अपिल


२९ कार्तिक २०७९, मंगलबार  

6
Shares

एजेन्सी । संयुक्त राष्ट्रसङ्घ महासचिव एन्टोनियो गुटरेसले विश्वमा हाल देखा परिरहेका साझा र विश्वव्यापी चुनौती सामनाका लागि ऐक्यबद्ध हुन अपिल गरेका छन् ।

विश्वमा पछिल्लो समयमा विभिन्न समस्याहरु देखिएकाले ती समस्या तथा चुनौतीको समाधानका लागि विश्वका नेता एकताबद्ध भएर लाग्नुपर्नेमा उनले जोड दिएका छन् । इन्डोनेसियाको बालीमा सोमबार देखि सुरु भएको जि–२० सम्मेलनको पूर्वसन्ध्यामा उनले सो समूहका नेताहरुलाई उक्त अपिल गरेका हुन् ।

जलवायु परिवर्तनका कारण उत्पन्न समस्या मानव जीवनका निम्ति एक प्रमुख चुनौतीका रुपमा देखिएकाले जलवायु परिवर्तनका असर कम गर्न तथा त्यसको प्रभावबाट विश्वलाई बचाउन सबै लाग्नुपर्नेमा उनले जोड दिएका थिए । जलवायु परिवर्तनका कारण उत्पन्न समस्या समाधानका लागि जि–२० समूहका देशले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउँदै उनले स्वास्थ्य, शिक्षा, लैंगिक समानता, नवीकरणीय ऊर्जालगायत क्षेत्रमा समूहले लगानी गर्नुपर्ने सुझाव दिए ।

महासचिव गुटरेसले जलवायु परिवर्तनको असर कम गर्न राष्ट्रसङ्घले अघि सारेको ‘एजेण्डा’ तथा सम्झौता कार्यान्वयनमा इमानदार बन्न आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १२ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली