२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

नयाँ शीतयुद्ध नगर्ने सी–बाइडेनको वाचा



एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँगको मैत्रीपूर्ण भेटपछि चीनसँग कुनै ‘नयाँ शीतयुद्ध’ नगर्ने वाचा गरेका छन्।

सी ले पनि बाइडेन समान धारणा राखे। जी ट्वाइन्टी शिखर सम्मेलनमा सहभागी हुन इन्डोनेशिया पुगेका दुई शीर्ष नेताबिचको छलफलमा उत्तर कोरिया र युक्रेनमाथि रुसी आक्रमणको बारेमा चिन्ताहरू पनि समेटिएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन्। सोमबार एक होटलमा भएको तीन घण्टा लामो भेटमा दुई नेताले ताइवानलगायत विभिन्न विषयमा छलफल गरेका थिए ।

बेइजिङद्वारा आफ्नो भू–भाग दाबी गरिएको ताईवानसँगको अमेरिकाको सम्बन्ध अमेरिका चीन सम्बन्धमा विवादको विषय रहँदै आएको छ। गत अगस्टमा अमेरिकी संसदकी सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरेपछि तनाव थप चुलिएको थियो। उनी त्यहाँ गएपछि चीनले प्रतिक्रिया स्वरूप ताइवान वरिपरि ठूलो मात्रामा सैन्य अभ्यास गरेको थियो जसले अमेरिका र चीनबिच सम्भावित द्वन्द्वको चिन्ता बढाएको थियो।

यीनै तिक्तताका बिच भएको सी र बाईडेनको भेटलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ । बाइडनले पदभार ग्रहण गरेपछि दुई महाशक्ति नेताहरूबिच भएको यो पहिलो भेटघाट हो।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १२ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी तीन प्रदेशमा बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव