२२ फाल्गुन २०८२, शुक्रबार । March 6, 2026

नयाँ शीतयुद्ध नगर्ने सी–बाइडेनको वाचा


२९ कार्तिक २०७९, मंगलबार  

6
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँगको मैत्रीपूर्ण भेटपछि चीनसँग कुनै ‘नयाँ शीतयुद्ध’ नगर्ने वाचा गरेका छन्।

सी ले पनि बाइडेन समान धारणा राखे। जी ट्वाइन्टी शिखर सम्मेलनमा सहभागी हुन इन्डोनेशिया पुगेका दुई शीर्ष नेताबिचको छलफलमा उत्तर कोरिया र युक्रेनमाथि रुसी आक्रमणको बारेमा चिन्ताहरू पनि समेटिएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन्। सोमबार एक होटलमा भएको तीन घण्टा लामो भेटमा दुई नेताले ताइवानलगायत विभिन्न विषयमा छलफल गरेका थिए ।

बेइजिङद्वारा आफ्नो भू–भाग दाबी गरिएको ताईवानसँगको अमेरिकाको सम्बन्ध अमेरिका चीन सम्बन्धमा विवादको विषय रहँदै आएको छ। गत अगस्टमा अमेरिकी संसदकी सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरेपछि तनाव थप चुलिएको थियो। उनी त्यहाँ गएपछि चीनले प्रतिक्रिया स्वरूप ताइवान वरिपरि ठूलो मात्रामा सैन्य अभ्यास गरेको थियो जसले अमेरिका र चीनबिच सम्भावित द्वन्द्वको चिन्ता बढाएको थियो।

यीनै तिक्तताका बिच भएको सी र बाईडेनको भेटलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ । बाइडनले पदभार ग्रहण गरेपछि दुई महाशक्ति नेताहरूबिच भएको यो पहिलो भेटघाट हो।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १२ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по