२ कार्तिक २०८३, सोमबार । October 19, 2026

कतार विश्वकपका लागि मेक्सिकोको टिम घोषणा


२९ कार्तिक २०७९, मंगलबार  

6
Shares

एजेन्सी। कतारमा हुन फिफा विश्वकपका लागि मेक्सिकोले टिम घोषणा भएको छ ।

अर्जेन्टाइन प्रशिक्षक जेरार्डो मार्टिनोले सोमबार मेक्सिकोको अन्तिम टोली घोषणा गरेका हुन् । टिममा फरवार्ड राहुल जिमिनेज पनि समावेश छन् । मेक्सिकोको टोलीमा गोलकिपर गुइलेर्मो ओचाओ, अल्फ्रेडो टालाभेरा, रोडोल्फो कोटा रहेका छन् । त्यस्तै डिफेण्डर जोर्ग सान्चेज, केभिन अल्भारेज, नेस्टोर अराउजो, नोहान भसक्वेज, हेक्टोर मोरेनो, सेजार मोन्ट्स, गेरार्डो अर्टेगा, जेसस गालार्डो छन् ।

मिडफिल्डर आन्द्रे ग्वार्डाडो, हेक्टोर हेरेरा, चार्ली रोड्रिगेज, एरिक गुटेइरेज, लुइस चाभेज, एडसन अल्भारेज, ओर्बेलिन पिनेडा, लुइस रोमो र फरवार्डमा एलेक्सिस भेगा, हिर्भिन लोजानो, राउल जिमिनेज, रोबर्टो अल्भाराडो, युरिएल अन्टुना, हेनरी मार्टिन, रोगेलिओ पुनेस मोरी लाई समेटेर २६ सदस्यीय टोली घोषणा गरेको हो ।

समूह सी मा रहेको मेक्सिकोले नोभेम्बर २२ मा पोल्याण्डसँग खेल्दै विश्वकप सुरुवात गर्नेछ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १० : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि