२७ बैशाख २०८२, शनिबार । May 10, 2025

टी–२० विश्वकप क्रिकेटको उपाधि इंग्ल्यान्डलाई



एजेन्सी । आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको उपाधि इंग्ल्यान्डले जितेको छ ।

अष्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो। पाकिस्तानले दिएको १ सय ३८ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो । इंग्ल्यान्डको जितमा बेन स्टोक्सले सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले ।

लियाम लिभिङस्टोन १ रनमा अबिजित रहे । इंग्ल्यान्डको जितमा कप्तान जोस बट्लर २६ रनमा आउट हुँदा ह्यारी ब्रुकले २० रन बनाएका थिए । मोइन अलीले १९ रन, फिल साल्ट १० रन र एलेक्स हेल्सले १ रनको योगदान गरेका थिए । पाकिस्तानका हरिस राउफले २ तथा शादब खान, मोहमद वासिम र शाहिन शाह अफ्रिदीले समान १–१ विकेट लिए ।

टस हारेर पहिलो व्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन जोडेका थिए । कप्तान बाबर आजमले ३२ रन जोड्दा मोहमद रिजवानले १५ रन बनाए । शादब खानले २० रन जोड्दा मोहमद हरिस ८ रन, मोहमद वासिम ४ रन, मोहमद नवाज ३ रन तथा इफ्तिखर अहमेद सुन्य रनमा आउट भए । इंग्ल्यान्डका साम करनले ३ विकेट लिए ।

घातक बलिङ गरेका उनले ४ ओभरमा मात्र १२ रन खर्चिए । क्रिस जोर्डन र आदील राशिदले समान २–२ विकेट लिए भने बेन स्टोक्सले १ विकेट लिए । यो संगै इंग्ल्यान्डले दोस्रो पटक टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ५ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप