८ कार्तिक २०८३, आइतबार । October 25, 2026

अमेरिकी सिनेटमा डेमोक्र्याटिक पार्टीको बहुमत पक्का


२७ कार्तिक २०७९, आइतबार  

6
Shares

एजेन्सी । अमेरिकाको माथिल्लो सदन सिनेटमा राष्ट्रपति जो बाइडेनको डेमोक्र्याटिक पार्टीले बहुमत कायम राख्ने भएको छ।

स्थानीय समयअनुसार शनिबार बेलुका नेभाडा राज्यबाट प्रतिनिधित्व गर्ने सिनेटरको टुंगो लागेको हो। निकै कडा प्रतिस्पर्धामा डेमोक्र्याट सिनेटर क्याथरिन कोर्टेज मास्टोले आफ्नो सिट जोगाउन सफल भएकी हुन्। योसँगै माथिल्लो सदन सिनेटमा डेमोक्र्याटिक पार्टीले ५० सिट जितेको छ भने रिपब्लिकन पार्टी ४९ सिटमा चित्त बुझाउन बाध्य भएको छ । यस्तै, जर्जिया राज्यबाट प्रतिनिधित्व गर्ने सिनेटरको टुंगो आउँदो डिसेम्बरमा हुने रनअफ चुनावबाट लाग्ने छ।

त्यहाँ डेमोक्र्याटिक सिनेटर राफायल वार्नकले रिपब्लिकन उम्मेदवार हर्सल वाकरको सामना गरिरहेका छन् । मध्यावधि चुनावमा दुवै उम्मेदवारले ५० प्रतिशत मत नकटाएपछि रनअफ चुनाव हुने भएको हो। तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा भने रिपब्लिकन पार्टीले साँघुरो बहुमत ल्याउने देखिएको छ।

तल्लो सदनको बहुमतका लागि २१८ सांसद चाहिन्छ। अहिलेसम्म रिपब्लिकन पार्टीले २११ तथा डेमोक्र्याटिक पार्टीले २०४ सिट जितेका छन्। बाँकी सिटको नतिजा आउन भने बाँकी छ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १० : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि