३ आश्विन २०८३, शनिबार । September 20, 2026

अमेरिकी सिनेटमा डेमोक्र्याटिक पार्टीको बहुमत पक्का


२७ कार्तिक २०७९, आइतबार  

6
Shares

एजेन्सी । अमेरिकाको माथिल्लो सदन सिनेटमा राष्ट्रपति जो बाइडेनको डेमोक्र्याटिक पार्टीले बहुमत कायम राख्ने भएको छ।

स्थानीय समयअनुसार शनिबार बेलुका नेभाडा राज्यबाट प्रतिनिधित्व गर्ने सिनेटरको टुंगो लागेको हो। निकै कडा प्रतिस्पर्धामा डेमोक्र्याट सिनेटर क्याथरिन कोर्टेज मास्टोले आफ्नो सिट जोगाउन सफल भएकी हुन्। योसँगै माथिल्लो सदन सिनेटमा डेमोक्र्याटिक पार्टीले ५० सिट जितेको छ भने रिपब्लिकन पार्टी ४९ सिटमा चित्त बुझाउन बाध्य भएको छ । यस्तै, जर्जिया राज्यबाट प्रतिनिधित्व गर्ने सिनेटरको टुंगो आउँदो डिसेम्बरमा हुने रनअफ चुनावबाट लाग्ने छ।

त्यहाँ डेमोक्र्याटिक सिनेटर राफायल वार्नकले रिपब्लिकन उम्मेदवार हर्सल वाकरको सामना गरिरहेका छन् । मध्यावधि चुनावमा दुवै उम्मेदवारले ५० प्रतिशत मत नकटाएपछि रनअफ चुनाव हुने भएको हो। तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा भने रिपब्लिकन पार्टीले साँघुरो बहुमत ल्याउने देखिएको छ।

तल्लो सदनको बहुमतका लागि २१८ सांसद चाहिन्छ। अहिलेसम्म रिपब्लिकन पार्टीले २११ तथा डेमोक्र्याटिक पार्टीले २०४ सिट जितेका छन्। बाँकी सिटको नतिजा आउन भने बाँकी छ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १० : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली