२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

टी–२० विश्वकप क्रिकेटको फाइनल आज,पाकिस्तान र इंग्ल्यान्ड भिड्दै



एजेन्सी। अष्ट्रेलियामा जारी आठौं संस्करणको टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्यान्डबीच आइतबार प्रतिस्पर्धा हुदैछ ।

मेलबर्न क्रिकेट मैदानमा नेपाली समय अनुसार खेल दिउँसो १ः४५ बजे सुरु हुनेछ । इंग्ल्यान्ड दोस्रो सेमिफाइनलमा भारतलाई हराउँदै फाइनल पुगेको हो । पहिलो सेमिफाइनलमा पाकिस्तानले न्युजिल्याण्डलाई पराजित गरेको थियो । यस विश्वकपमा दुवै टोलीले सिधै सुपर १२ मा स्थान बनाएका थिए । इंग्ल्यान्डले अफगानिस्तानलाई ५ विकेटले हराएर सुपर १२ को सुरुआत गरेको थियो ।

दोस्रो खेलमा आयरल्याण्डसँग डीएल पद्दतीमा ५ रनले पराजित इंग्ल्यान्डले तेस्रो खेल घरेलु टोली तथा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियासँग वर्षाका कारण खेल्न पाएन । चौथो खेलमा न्युजिल्याण्डलाई २० रनले पराजित गरेको इंग्ल्यान्डले समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ४ विकेटले हराएको थियो । सेमिफाइनलमा इंग्ल्यान्डले भारतलाई १० विकेटले पराजित गरेको थियो । यता, पाकिस्तान भने पहिलो खेलमा भारतसँग ४ विकेट तथा दोस्रो खेलमा जिम्बावेसँग एक रनले अप्रत्यासित हार व्यहारेको थियो ।

पाकिस्तानले तेस्रो खेलमा नेदरल्यान्ड्सलाई ६ विकेट तथा चौथो तथा महत्वपुर्ण मानिएको चौथो खेलमा दक्षिण अफ्रिकालाई डीएल पद्धतिको आधारमा ३३ रनले पराजित गर्यो । समूह चरणको पाँचौ तथा अन्तिम खेलमा बंगलादेशलाई पाँच विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनल पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरेको थियो ।

टी–ट्वान्टी विश्वकपमा हालसम्म यि दुई देश दुई पटक आमने सामने भएकोमा दुवै पटक इंग्ल्यान्ड विजयी भएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ९ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको