४ बैशाख २०८२, बिहिबार । April 17, 2025

भूतपूर्व सैनिक संघ पाल्पाको पाँचौ साधारण सभा सम्पन्न



पाल्पा । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ पाल्पाको पाँचौ साधारण सभा तानसेनको श्रीनगर डाँडामा सम्पन्न भएको छ ।

कार्यक्रमको नेपाली सेना तानसेन दि फेमस महेन्द्रदल गणका गणपति बालमुकुन्द विष्टले उद्घाटन गरेका थिए । उनले अन्य जिल्लाको तुलनामा पाल्पा जिल्लाको भूपू सैनिक संघको काम उदाहरणीय रहेको बताए । उनले नेपाली सेनाले भूपूहरुको वृद्धि विकास र समस्यामा हातेमालो गर्न तयार रहेको समेत उनको भनाई रहेको थियो ।

नेपाली सेनाले विभिन्न समयमा विभिन्न खालका कार्यक्रम र सेवा सुविधाहरु कल्याणकारी मार्फत लागु गरेको हुँदा सबै सेवा सुविधाहरु उपभोग गर्दै भूतपूर्व सैनिक संघले गरेका कार्यक्रममा सबै भूपूहरु सहभागि रहेर काम गर्न उनले आग्रह समेत गरेका छन् । स्वास्थ्य, शिक्षा, सामाजिक विकास, दुर्घटना, जेष्ठ नागरिक लगायतका क्षेत्रमा नेपाली सेनाले काम गरिरहेकोले कार्यरत भएपछि अवकास प्राप्त जीवनमा समेत यि सेवाहरुको उपयोग गर्न सबै पाल्पाली भूपूहरुलाई उनले जानकारी दिए ।

कार्यक्रममा भूपू सैनिक संघ पाल्पाका सभापति देवबहादुर भाट क्षेत्रीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले लुम्बिनी प्रदेश इपि सेन्टरको समन्वयमा कृषि, पशुपालन र अदुवा खेतीको र सीप मूलक तालिमबाट १ सय २० जनालाई तालिम दिइएको बताए । यस्तै संघमा आवद्ध भूपू सैनिकहरुको निधनमा राहत स्वरुप ३१ जनालाई २५ हजारको दरले ७ लाख बढी रकम सहयोग गरेको, भूपू सैनिकहरुको पेन्सन तथा सहुलियत ऋण प्रदानमा समेत संघले सहयोग गर्दै आइरहेको सभापति भाटले जानकारी दिएका थिए ।

कार्यक्रममा जेष्ठ नागरिकको तर्फबाट इन्द्रबहादुर रावल, सहभागि तर्फबाट रामबहादुर बस्नेत, महेन्द्र पोखरेल, तारा बहादुर खत्री लगायतले शुभकामना तथा राय सुझावहरु राखेका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ६ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शिक्षक समुदायलाई परीक्षा बोर्डको अपिल-कक्षा १० परीक्षण र कक्षा १२ व्यवस्थापनमा सहयोग गरौं

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले हालै सम्पन्न कक्षा १० को

अमेरिकाबाट डिपोर्ट, भुटानबाट भगौडा, नेपालमा थुनामा-सर्वोच्चले भन्यो: निकाला नगर !

काठमाडौँ । थुनामा रहेका चार भुटानी नागरिकलाई तत्काल देश निकाला

“हेर्दाहेर्दैमा” राखियो बहुचर्चित मुद्दा: पूर्वप्रधानमन्त्रीहरू अब जोगिन सक्लान् ?

काठमाडौं । ललिता निवासको सरकारी जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार

पत्रकार नवराज कुँवर ‘नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित

काठमाडौं । पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका शिलापत्र डटकमका

वैशाख ७ मा राप्रपाको राप! लिङ्देन भन्छन् – निषेधित क्षेत्रमै हुन्छ निर्णायक लडाइँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख