२२ माघ २०८२, बुधबार । February 4, 2026

आठौं संस्करणको नेपालगञ्ज म्याराथन मंसिर २४ गते हुने



काठमाडौं । आठौं संस्करणको नेपालगञ्ज म्याराथन मंसिर २४ गते हुने भएको छ ।

काठमाडौंमा शुक्रवार क्रियटिभ गञ्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले पत्रकार सम्मेलन गरेर हरेक वर्ष मंसिरको पहिलो शनिवार आयोजना हुँदै आएको नेपालगञ्ज म्याराथन आम निर्वाचनका कारण तीन साता पछाडि सारेको जनाएको हो । आठ वर्षदेखि नियमित सञ्चालन हुँदै आएको नेपालगञ्ज म्याराथनलाई विश्व म्याराथनको सर्वोच्च निकाय एशोसिएशन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को अफिसियल क्यालेन्डरमा समावेश गरेको छ । २०२२ नोभेम्बरदेखि २०२४ फेब्रुअरीसम्मको क्यालेन्डर सार्वजनिक गर्नेक्रममा डिसेम्बर १० तारिख शनिवारका दिन हुने म्याराथनको सूचिमा नेपालगञ्ज म्याराथनलाई एम्सको वेभसाइटमा सम्बोधन गरेको हो ।

एम्स संसारभरिका म्याराथन आयोजकहरुको साझा संस्था हो । त्यसअघि नेपालगञ्ज म्याराथनले एम्सका आधिकारिक कोर्ष मेजरर आमिर सान्डिवानद्वारा चार बिभिन्न विधाहरु ४२ दशमलव १९५ किमी, २१ किमी, १० किमी र ५ किमी दूरीको रुट प्रमाणीकरण गराएको थियो । यस वर्ष विभिन्न ११ वटा विधाका स्पर्धा समावेश गरिएको छ । कर्पोरेट रनतर्फ महिलालाई यसवर्ष थप गरिएको हो ।

पुरुषतर्फ म्याराथन, महिलातर्फ हाफ म्याराथन, १० किमी पुरुष खुला, ५ किमी महिला खुला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन (८ देखि १२ वर्ष उमेरसमूह), २ किमी कर्पोरेट रन पुरुष तथा महिला, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ८ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल