३ आश्विन २०८३, शनिबार । September 19, 2026

सत्तामा भएकाहरुले देश लुट्ने मात्र काम गरेः डा. लोहनी


२५ कार्तिक २०७९, शुक्रबार  

6
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सत्तामा रहेका दलहरुलाई नवसामन्तवादका प्रेतात्माको संज्ञा दिएका छन् ।

शुक्रवार काठमाडौंमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वअध्यक्ष लोहनीले सत्तारुढ दलहरुलाई नवसामन्तवादको प्रेतात्माको संज्ञा दिएका हुन् । उनले सत्तारुढ पार्टीहरुले खाने काम गरिरहेको भन्दै भ्रष्टाचारको दुर्गन्ध देशभर फैलिएको पनि बताए । उनले नेपालबाट सामन्तवाद सकिएको भएपनि नवसामन्तवादको उदय भएको बताए । डा. लोहनीले जनताले सत्तारुढ दलहरुलाई गरेको विश्वासको दुरुपयोग भएको समेत उल्लेख गरे ।

उहाँले सत्ता र शक्तिको दुरुपयोग नगर्न खबरदारी गर्दा आफूहरुलाई पश्चगामीको ट्याग लगाइएको बताए । देशमा राष्ट्रवादी र देशभक्त शक्ति आवश्यक रहेको उल्लेख गर्दै त्यो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी मात्र भएको उनको भनाई थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ८ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली