२२ माघ २०८२, बुधबार । February 4, 2026

विश्वकप फुटबलका लागि स्पेनको टोली घोषणा



एजेन्सी । नोभेम्बर २० बाट कतारमा हुने फिफा विश्वकप फुटबलका लागि स्पेनले आफ्नो २६ सदस्यीय टिम घोषणा गरेको छ ।

स्पेनका प्रमुख प्रशिक्षक लुइस एनरिकेले युवा खेलाडीलाई समेटेर टिम घोषणा गरेको हो । स्पेनको टिममा भेट्रान डिफेण्डर तथा पूर्व कप्तान सर्जियो रामोस भने समावेश भएनन् । स्पेनको नयाँ टिममा गोलकिपर उनाई सिमोन, रोवर्ट सान्चेस र डेभिड राय रहेका छन् । त्यस्तै डिफेण्डरमा ड्यानी कार्भाजल, सेसार आज्पिलिकुएटा, एरिक गार्सिया, पाउ टोरेस, ह्युगो गुइलामोन, एमेरिक लापोर्टे, जोर्डी अल्बा र जोसे गाया छन् ।

मिडफिल्डरमा सर्जियो बुस्केट, रोड्री, गाभी, कार्लोस सोलर, मार्कस लोरेन्टे, पेड्री र कोके त्यसैगरि फरवार्डमा येमेरी पिनो, फरान टोरेस, निको विलियम्स, अल्भारो मोराटा, मार्को एसेन्सियो, पाब्लो साराविया, ड्यानी ओल्मो र अंशु फाती सहितका युवा खेलाडिहरुलाई समेटेर स्पेनले विश्वकपको उपाधि दावी सहित टिम घोषणा गरेको छ ।

स्पेन सन् २०१० को विश्वकप विजेता हो ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ७ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल