२२ माघ २०८२, बुधबार । February 4, 2026

विश्वकपका लागि पोर्चुगलको टोली घोषणा



एजेन्सी । नोभेम्बर २० देखी कतारमा हुन लागेको फिफा विश्वकपका लागि स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलले टोली घोषणा भएको छ ।

प्रशिक्षक फर्नान्डो सान्तोषले रोनाल्डो सहित ब्रुेना फर्नान्डेज, जोआओ क्यन्सेलो, बर्नान्डो सिल्भा, रुवेन डायस सहित २६ सदस्यीय टोली छनोट गरेका हुन् । ३६ वर्षीय रोनाल्डोसँगै ३९ वर्षीय भेट्रान डिफेन्डर पेपेले समेत टोलीमा स्थान बनाएका छन् । घाइते भएका लिभरपुरका स्ट्राइकर डिएगो जोटा भने टोलीमा हुने छैनन् । समूह ‘एच’ मा रहेको पोर्चुगलले २४ नोभेम्बरमा घानासँग विश्वकपको पहिलो खेल खेल्दैछ् ।

यसैगरी २८ नोभेम्बरमा उरुग्वेसँग दोस्रो र २ डिसेम्बरमा दक्षिण कोरियासँग समूह चरणको अन्तिम खेल खेल्नेछ । पोर्चुगलको टोलिमा गोलकिपर डिओगो कोस्ट, रुई प्याट्रिसियो, जोसे सा रहेका छन् । त्यसैगरि रक्षकमा जोआओ क्यान्सेलो, डिओगो डालोट, रुबेन डायस, राफेल गुरेइरो, नुनो मेन्डेस, पेपे, डानिलो परेरा, एन्टोनियो सिल्भा छन् ।

मिडफिल्डरमा विलियम कार्भाल्हो, ब्रुनो फर्नान्डेस, जोआओ मारियो, रुबेन नेभेस, म्याथियस नुनेस, ओटाभियो, जोआओ पाल्हिन्हा, बर्नाडो सिल्भा, भिटिन्हा त्यस्तै स्ट्राइकर जोआओ फेलिक्स, रिकार्डो होर्टा, राफयल लियो, गोन्कालो रामोस, क्रिस्टियानो रोनाल्डो, आन्द्रे सिल्भा सहितका खेलाडीहरुलाई समेटेर टोली घोषणा गरेको छ ।।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ९ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल