२२ फाल्गुन २०८१, बिहिबार । March 7, 2025

अल्का अस्पतालले मधुमेह सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने



काठमाडौं । कार्तिक २८ गते सोमवार मधुमेह रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

अल्का अस्पतालले गत वर्ष झैँ यस वर्ष पनि वृहत मधुमेह रोग सम्बन्धी स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्न लागेको हो । स्वास्थ्य शिविरबाट अस्पतालले २ सय जना बिरामीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने जनाएको छ । अस्पतालले शिविर सञ्चालनको दिन मधुमेह सम्बन्धी आवश्यक औषधि वितरण १० दिन सम्मको लागि निःशुल्क गर्ने अल्का अस्पतालका प्रशासन प्रमुख भगवान केसीले बताए ।

उनले शिविरमा निःशुल्क एचबीएवानसी, पीपी फास्टिङ र र्‍यान्डम ब्लड सुगर परीक्षण हुने बताए । शिविरमा सहभागी हुन अग्रिम नाम दर्ता गर्नुपर्ने र नाम दर्ता कार्तिक २४ गतेबाट शुरु भइ कार्तिक २७ गते बिहान ७ बजेदेखि ५ बजेसम्म अल्का अस्पतालको फोन नम्बर ०१५४५५५५५ मा लेखाउनुपर्ने छ ।

अस्पतालले विश्व मधुमेह दिवस २०२२ (नोभेम्बर १४) को अवसरमा वरिष्ठ मधुमेह रोग विशेषज्ञद्वारा परीक्षण गर्ने बताएको छ । शिविरमा मधुमेह रोगका बिरामीहरु मात्रै सहभागी हुन पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ७ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लायन्स डिष्ट्रिक्ट ३२५ के को तेस्रो राष्ट्रिय महाधिवेशन शनिवार पोखरामा, भिडिजीमा सुधाको उम्मेदवारी

काठमाडौं । लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय

लगातार उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय