३१ बैशाख २०८३, बिहिबार । May 14, 2026

नेपाल र पाकिस्तानबीच हुने खेलको टिकट मूल्य निर्धारण


२४ कार्तिक २०७९, बिहिबार  

6
Shares

काठमाडौं । कार्तिक ३० गते हुने नेपाल र पाकिस्तानबीचको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा टिकट खरिद गर्ने एक भाग्यशाली दर्शकलाई कतार विश्वकपको टिकट उपलब्ध गराईने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा टिकट खरिद गरी खेल हेर्न आउने एक भाग्यशाली दर्शकलाई कतार विश्वकपको टिकट उपलब्ध गराउने जनाएको छ । पत्रकार सम्मेलनमा एन्फाले मैत्रीपूर्ण खेलको तयारीसमेत पूरा भएको बताएको छ ।

एक भाग्यशाली दर्शकलाई कतारमा आयोजना हुने विश्वकपअन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट दिने बताएको हो । यस टिकट प्राप्त गर्न भिभिआईपीतर्फको ५ हजार रुपैयाँको टिकट किन्नुपर्नेछ । खेल दशरथ रंगशालामा साझ पाँच बजे शुरु हुनेछ । मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी टोली आईतवार नेपाल आइपुग्ने एन्फाले जनाएको छ । नेपालले यसअघि असोज ११ गते बंगलादेशबिरुद्धको मैत्रीपूर्ण खेल खेलेको थियो ।

जहाँ नेपाल ३–१ गोल अन्तरले विजयी भएको थियो । पाकिस्तानबिरुद्धको खेलमा नेपालको प्रशिक्षण प्रवेश कटुवाललाई जिम्मेवारी दिएको छ । नेपाल र पाकिस्तानबीचको अन्तराष्ट्रिय खेल आयोजना गर्नको लागि एन्फाले विभिन्न कमिटिहरु गठन गरेको छ भने टिकट दर पनि तोकेको छ । उक्त खेलका लागि साधारण पारापिटतर्फ पाँच सय रुपैयाँ र भीआइपी पारापिटतर्फ एक हजार रुपैयाँ टिकट दर निर्धारण गरिएको छ ।

एन्फाले सो खेलको टिकट बिक्रीको अधिकार फुटसल भिलेज प्रा.लि. लाई दिएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ७ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बाँदर आतंक नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा, दुई दिन ‘धपाउने अभियान’ सञ्चालन हुने

तेह्रथुम । खेतीपातीमा बढ्दो बाँदरको क्षति रोक्न लालीगुराँस नगरपालिका ले

प्रधानमन्त्री संसदमा अनुपस्थित, सांसदका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको

प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ

मेयरलाई पटक–पटक खबर गर्दा पनि फोहोर उठेन, जेठ १ गते नगरपालिकामा फाल्ने तयारी

बुटवल । रुद्रगण तथा एमआरआर टिम बुटवलको संयुक्त आयोजनामा नेपाल

‘यो नेपाली शिर उचाली : सिजन–२’ बुधबारदेखि प्रसारण हुँदै

काठमाडौं । राजेश हमाल प्रस्तोता रहेको टेलिभिजन शो ‘यो नेपाली