१४ बैशाख २०८२, आइतबार । April 27, 2025

नेपाल र पाकिस्तानबीच हुने खेलको टिकट मूल्य निर्धारण



काठमाडौं । कार्तिक ३० गते हुने नेपाल र पाकिस्तानबीचको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा टिकट खरिद गर्ने एक भाग्यशाली दर्शकलाई कतार विश्वकपको टिकट उपलब्ध गराईने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा टिकट खरिद गरी खेल हेर्न आउने एक भाग्यशाली दर्शकलाई कतार विश्वकपको टिकट उपलब्ध गराउने जनाएको छ । पत्रकार सम्मेलनमा एन्फाले मैत्रीपूर्ण खेलको तयारीसमेत पूरा भएको बताएको छ ।

एक भाग्यशाली दर्शकलाई कतारमा आयोजना हुने विश्वकपअन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट दिने बताएको हो । यस टिकट प्राप्त गर्न भिभिआईपीतर्फको ५ हजार रुपैयाँको टिकट किन्नुपर्नेछ । खेल दशरथ रंगशालामा साझ पाँच बजे शुरु हुनेछ । मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी टोली आईतवार नेपाल आइपुग्ने एन्फाले जनाएको छ । नेपालले यसअघि असोज ११ गते बंगलादेशबिरुद्धको मैत्रीपूर्ण खेल खेलेको थियो ।

जहाँ नेपाल ३–१ गोल अन्तरले विजयी भएको थियो । पाकिस्तानबिरुद्धको खेलमा नेपालको प्रशिक्षण प्रवेश कटुवाललाई जिम्मेवारी दिएको छ । नेपाल र पाकिस्तानबीचको अन्तराष्ट्रिय खेल आयोजना गर्नको लागि एन्फाले विभिन्न कमिटिहरु गठन गरेको छ भने टिकट दर पनि तोकेको छ । उक्त खेलका लागि साधारण पारापिटतर्फ पाँच सय रुपैयाँ र भीआइपी पारापिटतर्फ एक हजार रुपैयाँ टिकट दर निर्धारण गरिएको छ ।

एन्फाले सो खेलको टिकट बिक्रीको अधिकार फुटसल भिलेज प्रा.लि. लाई दिएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ७ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पूर्वी नवलपरासी दाउन्नेमा ट्रकको ब्रेक फेल, होटलमा ठूलो क्षति

नवलपरासी । पूर्वी नवलपरासीको दाउन्ने बजारमा आइतबार बिहान एक ट्रक

आईपीएलमा वर्षाको हस्तक्षेपः कोलकाता र पञ्जाबले अंक बाँडे

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत कोलकाता नाइट राइडर्स

आमाको मुख हेर्ने दिन : श्रद्धा र भक्तिको विशेष दिन

काठमाडौं । आज देशभर वैशाख कृष्ण औँसीका अवसरमा ‘आमाको मुख

आइतबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबारका लागि अमेरिकी

तराईमा तातो लहर, पहाडमा वर्षा र हिमपात !

काठमाडौं । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव देखिएको