२२ माघ २०८२, बुधबार । February 5, 2026

विश्व विज्ञान दिवसको अवसरमा काठमाडौंमा र्‍याली



काठमाडौं । विश्व विज्ञान दिवसको अवसरमा काठमाडौंमा र्‍याली गरिएको छ ।

बिहीवार काठमाडौंको घण्टाघर, पुरानो बसपार्क, भद्रकाली, शहीदगेट, महांकाल, जमल, त्रिचन्द्र क्याम्पस र रत्नपार्क परिक्रमा गरी विश्व विज्ञान दिवसको अवसरमा र्‍याली गरिएको हो । विश्व विज्ञान दिवसको अवसरमा काठमाडौंसहित देशभर नै विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अबको एजेण्डा, विज्ञान, संस्कृति र रोजगारी भन्ने नारासहित यस वर्ष विश्व विज्ञान दिवस मनाइँदै छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले रैथाने प्रवृत्ति र संस्कृतिमा टिकेर विज्ञान, प्रविधिको विकास गर्न आवश्यक रहेको बताए । उनले अहिले जलवायु परिवर्तनको कारण धेरै समस्याहरु सिर्जना भइरहेकाले यसबाट बच्न शतर्कता अपनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै विश्व विज्ञान दिवसको अवसरमा आयोजित मार्च फर साइन्स कार्यक्रमलाई सम्बोधन गर्दै नास्टका पूर्व उपकुलपति प्रा.डा. जीवराज पोखरेलले अधिकांश राजनीतिक दलहरुले आफ्नो चुनावी घोषणापत्रमा विज्ञानलाई आत्मसाथ गरेको र विज्ञानको लगानीलाई बढाउने प्रतिवद्धता जनाएकाले प्रतिज्ञाको परिपूर्ति गर्नेमा आशावादी रहेको बताए ।

विश्व विज्ञान दिवसको अवसरमा आयोजित मार्च फर साइन्समा विभिन्न संघ तथा शिक्षण संस्थाहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ७ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल