१३ पुस २०८२, आइतबार । December 28, 2025

विश्व विज्ञान दिवसको अवसरमा काठमाडौंमा र्‍याली



काठमाडौं । विश्व विज्ञान दिवसको अवसरमा काठमाडौंमा र्‍याली गरिएको छ ।

बिहीवार काठमाडौंको घण्टाघर, पुरानो बसपार्क, भद्रकाली, शहीदगेट, महांकाल, जमल, त्रिचन्द्र क्याम्पस र रत्नपार्क परिक्रमा गरी विश्व विज्ञान दिवसको अवसरमा र्‍याली गरिएको हो । विश्व विज्ञान दिवसको अवसरमा काठमाडौंसहित देशभर नै विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अबको एजेण्डा, विज्ञान, संस्कृति र रोजगारी भन्ने नारासहित यस वर्ष विश्व विज्ञान दिवस मनाइँदै छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले रैथाने प्रवृत्ति र संस्कृतिमा टिकेर विज्ञान, प्रविधिको विकास गर्न आवश्यक रहेको बताए । उनले अहिले जलवायु परिवर्तनको कारण धेरै समस्याहरु सिर्जना भइरहेकाले यसबाट बच्न शतर्कता अपनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै विश्व विज्ञान दिवसको अवसरमा आयोजित मार्च फर साइन्स कार्यक्रमलाई सम्बोधन गर्दै नास्टका पूर्व उपकुलपति प्रा.डा. जीवराज पोखरेलले अधिकांश राजनीतिक दलहरुले आफ्नो चुनावी घोषणापत्रमा विज्ञानलाई आत्मसाथ गरेको र विज्ञानको लगानीलाई बढाउने प्रतिवद्धता जनाएकाले प्रतिज्ञाको परिपूर्ति गर्नेमा आशावादी रहेको बताए ।

विश्व विज्ञान दिवसको अवसरमा आयोजित मार्च फर साइन्समा विभिन्न संघ तथा शिक्षण संस्थाहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ७ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई