४ असार २०८३, बिहिबार । June 18, 2026

विश्वकप फुटबलका लागि स्वीट्जरल्याण्डको टोली घोषणा


२४ कार्तिक २०७९, बिहिबार  

6
Shares

एजेन्सी । नोभेम्बर २० देखि कतारमा सुरु हुन लागेको फिफा विश्वकप फुटबलका लागि स्वीट्जरल्याण्डले आफ्नो टोली घोषणा गरेको छ ।

स्विट्जरल्याण्डले अनुभवी खेलाडीहरु ग्रान्ट जाका र जेर्दान शिकरीलाई समेट्दै बुधबार २६ सदस्यीय टोली घोषणा गरेको हो । स्विट्जरल्याण्ड विश्वकपको समुह जी मा रहेको छ । स्वीट्जरल्याण्डको टिममा गोलकिपर ग्रेगोर, कोबेल, फिलिप कोन, यान सोमेर, जोनास ओमलिन रहेका छन् ।

त्यस्तै डिफेण्डर मानुएल अकान्जी, एरे कोमेर्ट, निको एल्भेदी, रिकार्डो रोड्रिगेज, फिबयन सार, सिल्भान विडमर छन् । मिडफिल्डर माइकल अबिस्केर, एडिमिल्सन पर्नान्डेज, फिबयन फ्रेई, रेमो फ्रुएलर, अर्डोन जाशारी, नोह ओकाफोर, फाबियन रेइडर, जेर्दान शिकरी, डिजिब्रिल सो, रेनाटो स्टेफेन, ग्रान्ट जाका, डेनिस जाकारिया लाई समावेश गरिएको छ । त्यस्तै फरवार्डमा ब्रिल एम्बोलो, क्रिस्टियन फासानाच्ट, हरिस सेफेरोभिक, रुबेन भर्गास रहेका छन् ।

स्विट्जरल्याण्डले नोभेम्बर २४ मा क्यामरुनसँग विश्वकपको पहिलो खेल खेल्नेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ९ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा