१३ पुस २०८२, आइतबार । December 28, 2025

प्युठानमा जिप दुर्घटना ३ जनाको मृत्यु, १२ जना घाइते



प्युठान । प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

१२ जना घाइते भएका छन्। गए राति करिब १२ बजेतिर जिप दुर्घटनामा परेको थियो । लु १ ज ३७०७ नम्बरको जिप दुर्घटना हुँदा मैया घर्ती, खुमन थापा र बच्ची थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्युठान नगरपालिका ५ खैराबाट जिप पूर्णगाउँ जाँदै गर्दा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी घाइते हुनेमा प्युठान नगरपालिका- ५, बस्ने ५० वर्षीया फागुनी खत्री, ५० वर्षीया गोरी घर्ती, १९ वर्षीया बिरीकुमारी महरा, ५२ वर्षीय डिलाराम घर्ती क्षेत्री, ३४ वर्षीया निमा खत्री, ३० वर्षीया जुठी महरा, १८ वर्षीया कुमारी महरा, ४१ वर्षीया नखी महरा, ४७ वर्षीया गोरी खत्री, ३७ वर्षीय निमलाल घर्ती, ३४ वर्षीय जगमा महरा र ५८ वर्षीय रामे रोका रहेका छन् । चालक प्युठान नगरपालिका- ९ का २३ वर्षीय बिनोद के.एम. सामान्य घाइते रहेका छन् ।

जिप अनियन्त्रित भएर सडकबाट करिब १ सय ५० मिटर तल खसेको थियो । रातको समय भएकाले उद्धार कार्यमा कठिनाइ भएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ८ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई